शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बार्साको हारको श्रृंखला अन्त्य : डिर्पोटिभोको पोष्टमा ८ गोल

बिहीबार, ०९ वैशाख २०७३, ०९ : २७
बिहीबार, ०९ वैशाख २०७३

बार्सिलोना – ला लिगामा तीन खेलको हारको श्रृंखला अन्त्य गर्दै बार्सिलोनाले डिर्भोटिभो ला कोरुनामाथि ८–० को विशाल जीत दर्ता गरेको छ । जीतसँगै बार्सिलोनाले लिग उपाधि जित्ने होडमा आफूलाई कायम राखेको छ । बार्सालाई जीत दिलाउन लुइस सुवारेजले उत्कृष्ट प्रदर्शन गरे । उनले चार गोल गर्नुका साथै तीन गोलको अवसर पनि सृजना गरे । यो सँगै उनले यस सिजन आफ्नो व्यक्तिगत गोल संख्या ४९ पुर्याएका छन् । बार्सिलोनाका लागि अन्य गोल इभान र्याकिटिच, लियोनेल मेस्सी, मार्क बार्टा र नेयमारले एक–एक गोल गरे । खेलपछि सुवारेजले भने, ‘हामी मानिस हौं, मेसिन हैनौं । त्यसैले हामीबाट गल्ती हुनसक्छ । केही खेल खराब हुनसक्छ ।’ उनले आफ्नो टोली पहिलेभन्दा पनि झन् एकीकृत बनेको र लिग अझै पनि आफ्नो पकडमा रहेको दाबी गरे । अन्य खेलमा एथ्लेटिको म्याड्रिडले एथ्लेटिको बिल्बाओमाथि १–० को जीत निकाल्दै शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब कायम राखेको छ । फर्नान्डो टोरेसको एक मात्र गोलको मद्दतले एथ्लेटिकोले बिल्बाओमाथि जित दर्ता गर्यो । टोरेसको लगातार ४ खेलमा ४ गोल हो भने टोलीको लागातार ४ जित पनि हो । कुनै समय ९ अंकको अग्रता बनाएको बार्सिलोना र एथ्लेटिकोको अहिले समान ७९ अंक रहेको छ भने रियल म्याड्रिड एक अंकले पछि परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप