पोलियो अभियानबिरुद्ध इस्लामी कट्टरपन्थी : सात जनाको हत्या
कराँची – पोलियो अभियानबिरुद्ध उत्रिएको इस्लामी कट्टपन्थी लडाकुहरुले पाकिस्तानमा सात प्रहरीको हत्या गरेको छ । कराँचीमा भएको उक्त घटनामा पोलियो थोपा खुवाउन आएका अधिकारीहरुलाई सुरक्षा दिइरहेका तीन सुरक्षाकर्मी मारिएका छन् । मोटर साइकलमा आएका ८ बन्दुकधारीहरुले ३ जना प्रहरीमा हमला गरेको थियो भने पछि भ्यानमा बसिरहेका ४ प्रहरीमाथि आक्रमण गरेको पाकिस्तान ट्रिब्युनले जनाएको छ । इस्लामी कट्टपन्थीहरुले पोलियो अभियानलाई पश्चिमाहरुको षड्यन्त्र बताउँदै आएका छन् । घटनापछि पोलियो अभियानमा संलग्न कर्मचारीहरुले अभियानलाई स्थगित गरेका छन् । यता, सरकारले भने अभियान जारी राख्न निर्देशन दिएका छन् । पाकिस्तानको डन पत्रिकाका अनुसार आक्रमणकारीको पहिचान दिनेलाई ३३ हजार डलर र मृतकका परिवारलाई १३ हजार डलर दिने सरकारले घोषणासमेत गरेको छ । सिन्ध प्रान्तका प्रहरी प्रमुख एडी ख्वाजाले पोलियो अभियानलाई हरहालतमा जारी राख्ने र सुरक्षा बढाइने बताए । विश्वका देशहरुमध्ये पाकिस्तान र अफगानिस्तानमा हालसम्म पोलियो समस्याको रुपमा रहेको छ । सन् २०१४ मा पाकिस्तानमा ३ सयभन्दा बढी पोलियोका रोगीहरु भेटिएका थिए । यता, इस्लामी लडाकुहरुले सन् २०१२ पछि पोलियो अभियानका ८० जनाको हत्या गरिसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण