शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खानेपानीको चरम समस्या : जहाँ दुध बेचेर खानेपानीको जोहो गर्छन

बिहीबार, ०९ वैशाख २०७३, १८ : १७
बिहीबार, ०९ वैशाख २०७३

काभ्रे– चण्डेनीमण्डन–७ का कान्छीमायाँ तामाङले दैनिक कार्यमा पहिलो प्राथमिकता खानेपानीलाई दिने गरेको बताइन् । उनले दैनिक दुध बेचेर आएको पैसाले खानेपानी किनेर जोहो गर्छिन् ।

पानीको धेरै समस्या भएको कारणले बिहान उठ्ने बित्तिकै खानेपानीको व्यवस्था गरेर मात्रै अरु काममा समय दिने गरेको उनको भनाई छ । कान्छीमायाँका अनुसार गाउँमा भूकम्पपछि खानेपानीको मुहान सुकेर खानेपानीको हाहाकार भएको र दुध बेचेर खानेपानीको व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । ‘दैनिक जीवन गुजारा चलाउनको लागि जति पानी चाहिन्छ, लिटरको १ रुपैयाँदेखि ५ रुपैयाँ तिरेर किनेको पानीले चलाउनुपर्नुे उनको भनाई छ ।

[caption id="attachment_45053" align="alignleft" width="840"]                                 भूकम्पपछि पानीको मुहान सुकेसँगै घण्टौं लगाएर डोकोमा खाने पानी बोक्दै एक महिला । [/caption]

कान्छीमायाँ जस्तै सोही गाउँकी पुतलीमायाँ तामाङको पनि दिनचर्याको पहिलो प्राथमिकता खानेपानीको व्यवस्था गर्नु नै रहेको बताइन् । ‘यो ठाउँको पहिलो समस्या भनेको नै पानी भएकाले यसरी ध्यान दिन सकेन भने सुख्खा भएर बस्नुपर्छ’ पुतलीमायाँले भनिन् । दैनिक जीवनयापन गर्नुपर्ने, घर व्यवहार चलाउनुपर्ने, वस्तुभाउ पाल्नुपर्ने र समय–समयमा आएका आफन्तलाई सत्कार गर्नका लागि पनि पानीको त्यतिकै अभाव रहेकाले उनीहरुको पहिलो प्राथमिता पानीको चाँजोपाँजो मिलाउनुपर्ने उनीहरुको भनाई छ । चण्डेनीमण्डन गाविसका वडा नम्बर–७ का वासिन्दाहरुको मात्रै होइन्, वडा नम्बर ५, ६, ८ र ९ वडाका स्थानीय बासीन्दाहरु भूकम्पपछि दुध बेचेर खानेपानी किनेर प्रयोग गर्न बाध्य भएका छन् ।

गाउँलेहरुलाई भने त्यही भए हुने गरेको स्रोत र साधनलाई उपयोग गरेर वैकल्पिक बाटो अपनाउनुको अरु विकल्प छैन् । उनीहरुले यसरी किनेर प्रयोग गर्ने पानी त खानको लागि मात्रै हो, वस्तुभाउलाई खुवाउने र कपडा धुनको लागि त खोला र आकाशेपानीको भरमा पु¥याउनुपर्ने हुन्छ ।

चण्डेनीमण्डन–७ का रामबहादुर लामाले भूकम्पपछि गाविसबासी दुध बेचेर पानी किन्न बाध्य भएको बताए । गाविसको माथिल्लो बेल्टमा रहेका करिब तीन हजार जनसंख्या भूकम्पले चलनचल्तीमा रहेको पानीको मुहान सुकेसँगै दुध बेचेर पानी किन्न बाध्य भएका हुन्,’ उनले भने ।

यहाँका बासिन्दाहरु खानेपानीको मुहान सुकेर ‘बिहान जाँदा गाडीमा दुध बेच्न लैजान्छन र फर्कदा पानी किनेर ल्याउँछन् ।’ उमा शाह विद्यालयका प्रधानाध्यापक शालिकराम श्रेष्ठले भने । उनले भने– ‘हाम्रो गाविस मात्र होइन् मण्डन क्षेत्रमा रहेका ज्याम्दी, जैशीथोक, माहादेवस्थान र चण्डेनीमण्डनका करिव २० हजार जनसंख्या दुध बेचेर पानी किन्न बाध्य छन् ।’ प्रति लिटर एक रुपैयाँदेखि पाचँ रुपैयाँसम्ममा पानी किन्नपर्ने र दैनिक २० हजार लिटर पानी गाविसवासीले किन्ने गरेको श्रेष्ठले बताए । ‘खाानेपानीको अभावसँगै विद्यालयमा विद्यार्थीहरुले शौच गर्न र खानाको लागि घरबाटै बोकेर ल्याउने गरेको छ’ उनले भने ।

‘पानी नकिनेर के गर्नु, पँधेरा र मुहानहरुमा रातको १ बजे लाईन बस्दा विहान ७ बजे पानी पाउन मुस्किल छ । त्यसैले दुध बेच्छौं, पानी किनेर खान्छौं ।’ वडा नम्बर ६ की कान्छीमायाँ तामाङले भनिन् । ‘बिहान जाँदा दूध बेचेर पठाउँछौ र आउँदा त्यही गाडीमा ल्याएको पानी किनेर खान्छौं ।’ उनले दुखसो पोख्दै भनिन्– ‘हामी महिलाहरु निकै समस्यामा छौं । एक गाग्री पानी ओर्सान आधा दिन लाग्छ, त्यसमा पनि घरको सम्पूर्ण धन्दा गर्नपर्छ । पानीको समस्याले निकै पीडामा छौं ।’ घर परिवारको सरसफाईदेखि वस्तुभाउलाई समेत पानीको आवश्यकता पर्छ । तर, जेनतेन चलाएका छौं । अव गर्मी सुरु भएसँगै के गर्ने भन्ने सोच्नै सकेको छैन् ।

[caption id="attachment_45056" align="alignleft" width="840"]                          खानेपानीको समस्या भएपछि भूकम्पपीडितहरु सामूहिक छलफल गर्दै । [/caption]

गर्मी मौसम सुरु भएसँगै पानीको अभावमा सरसफाई र दुषित पानीको प्रयोले विभिन्न रोग तथा प्रकोप फैलन सक्ने सम्भावना उच्च रहेको सरोकारलावाहरु बताउँछन् । पानीको समस्याले भूकम्पपछि कृषकहरुले पशुपालन गर्न समेत छोड्न थालेको चण्डेनीमण्डन गासिका पशु बिमा अध्यक्ष कृष्ण प्रसाद नेपाल बताउँछन् । पानीको मुल सुकेसँगै पानीको अभावमा पशु पाल्न छोड्ने र बेच्न थालेका छन् । उनले भने, ‘४५ सय पशु थिए, अहिले घटेर दुई हजारको हाराहारीमा झरेका छन् । भूकम्पले गाविसमा ३५ जनाको मृत्यु हुनुका साथै ४ सय ५० पशुहरुको क्षति भएको थियो ।

खानेपानी तथा सरसफाई कार्यालय धुलिखेलका प्रमुख मोहनलाल जैशीले भने– ‘कार्यालयमा बजेटको अभावका कारण समस्याको समाधान गर्न नसकेको बताउँछन् । भूकम्पपछि पानीको मुल सुक्ने, पाइपलाईन बिग्रने, ट्याङ्की फुट्ने जस्ता समस्याले खानेपानीका आयोजना बिग्रिएको भन्दै २ हजार वटा निवेदन कार्यलयमा परेका छन् । तर, कार्यालयमा पुननिर्माणका लागि बजेट नभएकाले हामीले तिनीहरुको समस्या समधान गर्न सकेका छैनौं ।’ जिल्लाको तिमाल क्षेत्र, कोसीपारी, मण्डन र डाँडापारी क्षेत्रमा भूकम्पपछि मुहान सुकेसँगै खानेपानीको समस्याले काकाकुल छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप