शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चोरी भएको बुद्धको मुर्तिसहित हतियारधारी समूह पक्राउ

बिहीबार, ०९ वैशाख २०७३, १८ : ४४
बिहीबार, ०९ वैशाख २०७३

जाजरकोट – डोल्पास्थित प्रहरीले चोरी भएको बुद्धको मुर्तिसहित २ जना पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनाबाट हतियारसमेत बरामद भएको प्रहरीले बताएको छ ।

माथिल्लो डोल्पाको धो गाविस–३ बस्ने २६ वर्षीय ढाक्पा गुरुङ र धो गाविस–१ बस्ने ढावा गुरुङलाई प्रहरीले बुद्धको मुर्ती थान ३, मेड इन इटली लेखेकोे १ थान पेस्तोल, सोको गोली ३ राउण्ड, मेड इन इटली लेखेको अटोमेटिक पेस्तोल १ थान, सोको गोली ७ राउण्ड, कटुवा पेस्तोल १ थान, सोको गोली १३ राउण्ड र फायर भएको गोलीको खोका ३ थानसहित पक्राउ गरेको हो ।

चैत २८ गते धो गाविस–६ स्थित गाकर गुम्बा र मिकिन गुम्बाका पुजारी ठिंगल्या लामा बस्ने घरबाट सानो २ वटा र ठूलो २ वटा काँच र पितलबाट बनेको बुद्धको मुर्ती चोरी भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छार्काबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका हतियारसहित पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप