१३ औं सागका लागि राखेप स्पोर्टस साइन्स अवलम्बन गर्दैै
काठमाडौं–राष्ट्रिय खेलकुद परिषद्ले स्पोर्टस साइन्सको अवधारण अनुसार खेलकुदलाई अगाडि बढाउने योजना ल्याएको छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव हङकङ स्पोर्टस इन्टिच्युटसँगै ८ बुँदे सम्झौता समेत गरिसकेका छन् ।
स्पोर्टस साइन्स एकेडेमी अफ नेपाललाई साधान स्रोत सम्पन्न बनाउँदै १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गरेर वैज्ञानिक प्रशिक्षण, अध्ययन र अनुसन्धान गर्ने राखेपले अबको योजनामा राखेको छ ।
‘खेलकुदमा गुणस्तरीय विकास र विस्तार गर्दै खेलकुद विज्ञान तथा आधुनिक प्रविधिलाई अवलम्बन उद्देश्यका साथ हामी अगाडि बढेका छौं ।’ राखेपका सदस्यसचिव विष्टले भने ।
१३ औं सागमा अत्याधिक सफलता हात पार्ने लक्ष्यका लागि काम शुरु भइसकेको सदस्यसचिवले दावी गरेका छन् । ‘हङकङमा हामीले ८ बुँदे ऐतिहासिक सम्झौता गरेका छौं । यसले खेलकुदलाई नयाँ युगमा प्रवेश गराउने छ ।’ विष्टले भने । राखेपले एकेडेमीक कार्यक्रम सेमिनार, ट्रेनिङ, पोषण, स्पोर्टस साइन्सलगायतको क्षेत्रलाई व्यापक बनाउँदै वैधानिक अवधारणअनुसार शिक्षण तथा प्रशिक्षण विधि अवलम्बन गर्ने विष्टको दावी छ ।
गत १४ अप्रिलमा केशव विष्ट र हङकङ स्पोर्टस इन्टिच्युटसकी कार्यकारी प्रमुख डा. त्रिषा लेयीले नेपालमा खेलकुदलाई वैज्ञानीकरण गर्ने विषयमा ८ बुँदे सम्झौता गरेका थिए । सो सम्झौतामा खेल विज्ञान र चिकित्सकको विषयमा अनुसन्धानका क्रियाकलाप गर्ने, उत्कृष्ट नतिजा हासिल गर्नका लागि शिक्षा तथा प्रशिक्षणलाई अत्याधुनिक वैज्ञानिककरण गर्ने, सूचना प्रकाशन सम्बन्धी काम गर्ने, खेलकुदमा शैक्षिक क्रियाकलाप गर्नेलगायतका कुरा उल्लेख छ ।
‘१२ औं सागको नतिजापछि मैले हामी कमजोर हुनुको कारण पत्ता लगाएर खेलकुद विज्ञान तथा टेक्नोलोजीमा केहि गर्नुपर्ने देखेर यसमा ध्यान केन्द्रित गरेको हुँ । यसले १३ औं सागमा उत्कृष्ट नतिजा दिनेमा मलाई विश्वास छ ।’ विष्टले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण