शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीसँग लामाको यस्तो सेटिङ : घरलाई जुवाको अखडा बनाउँदै दिनभर तास, रातभर कौडा

शुक्रबार, १० वैशाख २०७३, ०८ : १७
शुक्रबार, १० वैशाख २०७३

काठमाडौँ – नेपालमा क्यासिनोहरुमा नेपालीहरुलाई प्रवेश निषेधसँगै क्यासिनोका दलालहरु घर अनि अपार्मेन्ट होटलहरुमा करडौंको चलखेल गर्दै जुवा तास खेलाउने गरेको रहस्य खुल्दै गरेको छ । जुवातासको लतले गर्दा कतिको घर परिवार बिग्रेको छन् त कति करोडपतिबाट रोडपति भएर घरबारबिहिन पनि भएको गुनासो पनि प्रसस्त सुनिने गरिन्छ । गुन्डागर्दी गर्नेहरु अहिले घर भाडामा लिएर वा गुण्डागर्दीबाट कमाएर बनाएको घरमा पनि ठेकदारदेखि राजनीतिकर्मी समेतलाई लिएर उनीहरुको नै छत्र छायामा जुवातास खेलाउँदै करडौं कमाइ रहेका छन् । जसमा सम्बन्धित निकायको ध्यान अझसम्म राम्रोसँग नपुगेको देखिन्छ ।

महानगरीय प्रहरी वृत बौद्धले एक हुल जुवाडेलाई गोकर्णबाट नियन्त्रण गरेपछि झन् यो रहस्य बाहिर आएको हो । तर, यो रहस्यलाई कहाँसम्म अनुसन्धान गरिने हो र यस्ता अन्य अखडाहरुलाई पनि पहिचान गर्दै कहिलेसम्म यस्ता जुवातासको अखडाहरु नियन्त्रणमा आउने हो भन्ने बिषय अहिले गम्भिर विषयको रुपमा आएको छ । गुण्डाहरुले कहिलेसम्म गुण्डागर्दीको भरमा यसरी असुलीदेखि जुवाताससम्म खेलाएर दुई नम्बरी काम गरेर अकुत सम्पति थुपार्ने ?

अनि सरकारले यस्तालाई कहिले पहिचान गरेर नियन्त्रणमा लिने हो । क्यासिनोमा जुवाडेलाई लगानी गर्ने गिरोहहरुले नै अहिले घर घरमा जुवा खेलाउँदै आएका छन् । स्रोतकाअनुसार रामेछापका सलम लामाले भक्तपुरस्थित पाण्डुबजारमा जुवा खेलाउन थालेका छन् । प्रहरी सेटिङ मिलाएर उनले घरमै कौडा खेलाउन थालेका हुन् । दिनभर तास र बेलुका सात बजेपछि लामाले जुवा खेलाउँदै आएका छन् ।

पहिला कोटेश्वरमा जुवा खेलाउने लामाले अहिले आफ्नै घरमा जुवा खेलाउन थालेका हुन् । जुवा खेल्न लामाको घरमा ठेकदारको जमघट हुने गरेको स्रोत बताउँछ । यसरी घर–घरमा जुवा खेलाउने दर्जनौं गिरोह राजधानीमा सक्रिय रहेका छन् । गत शनिवार गोकर्णबाट पक्राउ परेका नारायण खड्काले पनि एक पेसवर जुवाडे हुन् । उनी पटक–पटक पक्राउ परि छुटेका अभियुक्त हुन् ।

यसबारे भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्रचार्यसँग कुराकानी गर्न खोज्दा उनको फोन नै उठेन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप