भूपू भारतीय सैनिकसँग राजदुत रे घोडेपानीमा
म्याग्दी– नेपालका लागि भारतीय राजदुत रणजीत रे पदयात्राका लागि शुक्रबार म्याग्दीको घार गाविस–१ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा आएका छन् ।
पर्यटन प्रर्वद्धन र पूर्व–भारतीय सैनीकहरुसँग भेटघाटका लागि राजदुतावासको चार सदस्यीय टोली घोडेपानी आएको हो । टोलीमा राजदुत रेको साथमा पोखरास्थित भारतीय सैनिकको पेन्सन बोर्डका कर्णेल मनराजसिंह महत र दुई जना दुतावासका कर्मचारी संलग्न रहेका छन् ।
पर्यटन प्रर्वद्धन र भारतीय सैनिकका भुपुहरुसँग भेटघाटका लागि व्यक्तिगत भ्रमणमा निस्किएको कर्णेल महतले जानकारी दिए । पोखराबाट सदरमुकाम बेनी, भुरुङ तातोपानी घार शिख हुँदै चित्रसम्म सडक मार्ग भएर आएको उक्त टोलीले चित्रेदेखि डेढघण्टा पदयात्रा गरेर घोडेपानी पुगेको हो ।
राजदुतको टोलीलाई भुरुङ्ग तातोपानी, शिख र घोडेपानीका बासिन्दा, आमा समूह र युवा कल्वले स्थानीय संस्कार अनुसार स्वागत गरेका थिए । दुई दिने भ्रमणका क्रममा कुनै औपचारीक कार्यक्रम नरहने कर्णेल महतले बताए । भारतीय पर्यटकहरुलाई यस क्षेत्रका पर्यटकीय स्थलको भ्रमणका लागि प्रोत्साहन गर्ने पदयात्रामा आउनुको मुख्य उद्देश्य रहेको महतको भनाई छ ।
राजदुत रेको टोलीलाई पुर्व भारतीय सैनीकहरुले विद्यालय भवन, खानेपानी, विद्युत आयोजनामा सहयोग गर्न अनुरोध पनि गरेका छन् । भारतीय राजदुतको घोडेपानी भ्रमणले नेपाल र भारतबिचको सम्बद्ध सुधारका लागि सकारात्मक सन्देश प्रवाहका साथै यस क्षेत्रमा भारतीय पर्यटक भित्र्याउन मद्दत पुग्ने घोडेपानीका होटल ब्यवसायी डमबहादुर पुनले बताए ।
उनले विकास निर्माण र भारतीय सैनिकमा लामो समय काम गरेका भुपुहरुको समस्या समाधानका लागि पनि भ्रमण फलदायी हुने भारतीय सैनीकका सेवा निवृत क्याप्टेन समेत रहनुभएका पुनको भनाई छ । राजदुत रेले शनिबार बिहान घोडेपानीदेखि पुनहिलसम्म पदयात्रा गरेर सुर्योदय, गुरासे जंगल र हिमशृङ्खलाको दृष्यअवलोकन गर्ने कार्यक्रम छ ।
समुन्द्री सतहदेखि तिन हजार दुई सय १० मिटरको उचाईमा रहेको पुनहिलबाट सुर्योदय र ३० भन्दा बढी हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तव्य मानिने घोडेपानीमा भारतीय सैनिकबाट अवकास प्राप्त भुपुहरुको बाहूल्य बसोबास छ । राजदुत रेको भ्रमणलाई लक्षित गरेर प्रहरीले घोडेपानी क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण