कनकमणिका हजुरबा राणाका भान्छे थिए, यसरी हत्याए जगदम्बा महारानीको जग्गा !
शुक्रबार, १० वैशाख २०७३, २३ : ०९
काठमाडौं–नेपाल सरकार मातहत रहेको ‘साझा यातायात सहकारी संस्थाको’ अध्यक्ष रहेका कनकमणि दिक्षितलाई अख्तियारले पक्राउ गरेसँगै उनको विगत खुल्न थालेको छ । मदन पुस्तकालयका अध्यक्ष कमलमणी दिक्षित र कनकमणि दिक्षित बावुछोरा हुन् । कमलमणिका बाबु तथा कनकमणिका हजुरबा कृष्ण प्रसाद आचार्य मदन शमसेर राणाको घरमा भान्छेका रुपमा प्रवेश गरेका थिए ।
तत्कालिन राणा शाहको घरमा नोकर पठाउने परम्परा अनुसार कृष्ण प्रसाद आचार्य मदन शमशेरको भान्छामा प्रवेश गरेका हुन् ।
मदन शमशेर र निजकी श्रीमती जगदम्बा महारानीको निधन पश्चात हकदावी गर्ने नजिकको हकदार कोही नभएपछि कृष्णप्रसाद र उनको छोरा कमलमणिले षड्यन्त्रपूर्ण ढंगबाट राणा दम्पतीको सम्पती आफ्नो नाममा नामसारी गरे ।
जगदम्बा महारानीबाट प्राप्त जग्गामा रहेको साझा यातायात सहकारी संस्थामा कमलमणि र निजका छोरा कनकमणि दिक्षितले साटासाट गरी हालसम्म पैतृक सम्पती झैं भोगचलन गर्दै आएको उनीविरुद्ध अख्तियारमा परेको उजुरीमा उल्लेख गरिएको छ ।
मदनमणि र उनका छोरा कनकमणि पालैपालो साझाको संचालक हुने गरेका थिए ।
कनकमणिका बाब् छोराले संचालन गरेको दर्जनौं संस्थाको आयस्रोत पारदर्शी नभएको अख्तियारमा उनीहरु विरुद्ध परेको उजुरीमा उल्लेख गरिएको छ ।
कमलमणि दिक्षितकी श्रीमती पुल्चोकको एउटा सामान्य विद्यालयमा पढाउने गर्छिन् ।
हिमाल मिडियाले तिरेन्, साल्ट ट्रेडिङको ऋण !
कनकमणिका बाबु कमलमणि साल्ट ट्रेडिङ कर्पोरशेनको अध्यक्ष हुँदा उनको छोरा कनकमणिले चलाएको हिमाल खबरपत्रिका र जगदम्बा प्रेशले साल्ट ट्रेडिङबाट लिएको ऋण अझैँ नतिरेको पाईएको छ ।
साल्ट ट्रेडिङले पटक–पटक पत्राचार गर्दा अलि–अलि गर्दै तिरेको हिमाल मिडिया र जगदम्बा प्रेशले ०६९ असार यता ऋण तिर्न आनाकानी गरेको पाइएको छ । अख्तियारका अनुसार हिमाल मिडियाले साल्ट ट्रेडिङलाई एक लाख ४३ हजार तिर्न बाँकी छ भने जगदम्बा प्रेशले २१ हजार ६ सय तिर्न बाँकी छ ।
ठूलो रकमको कारोवार हुँदा कुनै किसिमको कागजात र शर्त नामा नगरी हचुवाको भरमा तत्कालिन अध्यक्ष कमलमणिले कारोवार गरेको हुनाले साल्ट ट्रेडिङले घाटा व्यहोर्ने अवस्था सिर्जना भएको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण