सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
शुक्रबार, १० वैशाख २०७३, १९ : २२
काठमाडौँ– सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज अपराह्न पुनः अर्को परकम्प गएको छ ।
दिउँसो ४ बजेर ४९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आजै बिहान १२ बजेर ४१ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भई ४ रिक्टर स्केलको परकम्प गएको थियो ।
गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसभन्दा माथिका ४४९ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण