पर्यटनलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्नुपर्छ : नेता पौडेल
दमौली– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यले पर्यटनलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।
व्यास क्षेत्र विकास कोष तनहुँद्वारा आज दमौलीमा आयोजित कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता पौडेलले दमौलीलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्ने बताउँदै चार वेद र १८ पुराणका रचयिता महर्षी वेदव्यासको जन्मथलो दमौलीलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न आवश्यक भएको उल्लेख गरे ।
जिल्लाभित्र रहेका विभिन्न धार्मिक सङ्घसंस्थालाई सङ्गठित गरी एकीकृत विकास समिति गठन गरेर धार्मिक क्षेत्रको विकासमा जुट्न पौडेलले सुझाव दिए । व्यासको १०८ फिटको मूर्ति निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।
कोषका अध्यक्ष वृषराज श्रेष्ठ, व्यासका अध्येता काशीनाथ न्यौपाने, सचिव मदन पण्डितले महर्षी वेदव्यासको जन्मस्थललाई विश्वभर चिनाउनसके पर्यटकको ओइरो लाग्ने बताउ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण