ओखलढुंगाको रानीवनमा ३ दिनदेखि पुनः आगोलागी, आगो अझैँ नियन्त्रणभन्दा बाहिर
शनिबार, ११ वैशाख २०७३, ०८ : ०७
ओखलढुंगा – ओखलढुंगाको रानीवनमा ३ दिनदेखि पुनः आगोलागी भएको छ । आगो रानीवन गाविसको वडा नम्बर ४ मा रहेको तारेभिरमा फैलिएको जिल्ला प्रहरीका कार्यलय ओखलढुंगाले जनाएको छ ।
गाविसको ४, ५ र ६ नम्बर वडामा आगो लागेको भएपनि ५ र ६ नम्बर वडामा लागेको आगो नियन्त्रणमा आईसकेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहाले जानकारी दिए ।
आगोलागी भएको क्षेत्र भिरालो जमिन भएकाले नियन्त्रण लिन कठिनाई भएको प्रहरीको भनाई छ । आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको टोली अहिले पनि खरिरहेको प्रहरी नायब उपरिक्षक शाहले बताए ।
आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । यसअघि जिल्लाको रानिबन र सिहदेबिमा आगोलागी हुदाँ १३ दिनपछि नियन्त्रणमा आएको थिायो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण