पाँच सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु
चितवन - चितवनका विभिन्न पाँच वटा सामुदायिक वनमा १० वर्षे वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ ।
सरकारले तीन वटा सामुदायिक वनका लागि बजेट विनियोजन गरेको भए पनि सोही बजेट बाँडेर पाँच वटा सामुदायिक वनले कार्यक्रम सुरु गरेका हुन् ।
पूर्वी चितवनको गड्यौलीस्थित पशुपति कैलाशपुरी सामुदायिक वन उपभोक्ता समूहबाट सो कार्यक्रमको शुभारम्भ गरिएको छ ।
असी वर्षे वैज्ञानिक वन व्यवस्थापनलाई आधार मान्दै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले बताए ।
वैज्ञानिक वन व्यवस्थापनका लागि प्रत्येक सामुदायिक वनलाई सरकारले रु १५ लाख सहयोग गर्दै छ यद्यपि सरकारबाट प्राप्त बजेट वन विकासका लागि कम भएको उपभोक्ताको गुनासो छ ।
गड्यौलीका शिवपुरी सामुदायिक वन, शिवशक्ति सामुदायिक वन, पशुपति कैलाशपुरी सामुदायिक वन, वनदेवी सामुदायिक वन र जय श्री ब्रह्मस्थानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको हो ।
वैज्ञानिक वन व्यवस्थापनका लागि सरकारबाट प्राप्त हुनुपर्ने रकममध्ये रु तीन लाखका दरले पाँचवटै सामुदायिक वनले रकम प्राप्त गरिसकेका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका अध्यक्ष सुरवीर पोखरेलले वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि वन संरक्षणमा स्थानीय खुलेर लाग्ने बताए ।
प्रमुख रायले वनको संरक्षण र सदुपयोग नै वैज्ञानिक वन व्यवस्थापन भएको बताउनुभयो । परम्परागत कालदेखि नै वनको संरक्षण हुँदै आएको भए पनि अहिले सबै वनलाई वैज्ञानिकरुपमा व्यवस्थापन गर्ने कार्यक्रम अगाडि बढाइएको रायको भनाइ छ ।
वनभित्र सुकेका पुराना रुखलाई काटेर नयाँ बिरुवा रोप्दै वैज्ञानिक तरिकाले वन व्यवस्थापन गरिने रायले बताए । वनमा चरिचरण बन्द गराएर दीर्घकालीन प्रभाव हुने गरी काम गरिने उनले बताए ।
चितवनमा पहिलोपटक यो कार्यक्रम सुरु गरिएको हो । जिल्लामा ८० वटा सामुदायिक वन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण