राप्रपा नेपाल मन्त्री : बिराज आउट, रेशम इन
बुधबार, १५ वैशाख २०७३, १७ : ३०
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई आज पदमुक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेपछि विष्ट पदमुक्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
राप्रपा नेपालले सांसद रेशम लामालाई उक्त पदमा सिफारिस गरिसकेको छ । उनीलाई आजै साँझ प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ गराइएको छ । उनले आजै पदभार पनि सम्हालेका छन् ।
पार्टीले यसअघि नै पार्टीको नीति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण