ट्याक्टरमा मोटरसाइकल ठोकिदाँ दुईको ज्यान गयो
राजविराज–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रायपुर–८ स्थित रुपनीमा मंगलबारमध्ये राति रोकि रािखएको ट्याक्टरमा मोटरसाइकलले ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन्। सडक किनारमा रोकि राखिएको स १ त २६३४ नम्बरको ट्याक्टरमा पश्चिमतर्फ जादै गरेको स ६ प ६९७४ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भिर घाइते भएका मोटरसाइकलमा सवार शम्भुनाथ नपा–९ बस्ने ३२ बर्षिय अनन्दिया सरदारको राजविराज स्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्य भएको छ भने तेर्हौता–६ बस्ने ३५ बर्षिय अशोक सरदारको उपचारका क्रममा विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा वुधवार मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तेर्हौता–६ कै २८ वर्षीय सन्तोष चौधरी गम्भिर घाइते भएकाले उनको पनि धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा रहेको छ भने ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण