सरकारले द्वन्द्वपीडितको निशूल्क उपचार गर्ने
उदयपुर – सशस्त्र द्वन्दको क्रममा घाईते तथा अंगभंग भएकाहरु व्यक्तिलाई सरकारले निशूल्क उपचार गरिदिने भएको छ । शान्ति तथा पुननिर्माण मन्त्रालय, शान्ती कोषको सचिवालयको सहयोगमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले द्वन्द्वका घाईतेहरुको निशुल्क उपचार गरिदिने भएको हो । द्वन्द्वपीडित घाईतेहरुको समस्यालाई ध्यान दिदै स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उदयपुर जिल्लामा निशुल्क शिविर संचालन गर्न लागेको स्थानीय शान्ति समितिको कार्यालयले जनाएको छ । स्थानीय शान्ति समिति उदयपुरको संयोजनमा जिल्ला अस्पतालमा उदयपुरमा बैशाख ३१ गते शुक्रबारका दिन घाईतेहरुको लागि स्वास्थ्य शिविर संचालन गरिने तय भएको समितिका संयोजक एक बहादुर कार्कीले बताए । संयोजक कार्कीले भने ‘प्रतिष्ठानको पुनस्र्थापना केन्द्र तथा हाड जोर्नी विभागको आयोजनामा शिविरमा द्वन्द्वका घाईते मात्र नभएर हाड जोर्नी तथा नशारोगका विरामीहरुले पनि उपचार गर्न पाउने व्यवस्था रहेकाले सबै विरामीहरुले फाईदा लिन सक्ने छन ।’ द्वन्द्वका घाईतेहरुको उपचारमा सहयोग पुगोस भनेर सरकारले पुर्वाञ्चलको लागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क उपचारको व्यवस्था मिलाएको प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्रा. डा. गुरुप्रसाद खनालले जानकारी दिए । स्थानीय शान्ति समितिको अभिलेख अनुसार उदयपुरमा २५० भन्दा बढि घाईते अपाङ्ग रहे पनि ५२ जनाले मात्र जिल्ला प्रशासन कार्यालयबाट राहत पाएका छन । सशस्त्र द्वन्द शुरु भएको २०५२ फागुन १ देखि विस्तृत शान्ति सम्झौता भएको २०६३ मंसिर ५ बिचको अवधिमा राज्य वा विद्रोही पक्षबाट घाईते बनाईएकाहरुको मात्र उपचार हुने केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण