विवाह भोज खाँदा ३२ बिरामी
बुधबार, १५ वैशाख २०७३, २१ : ०८
चितवन-कविलास गाविस–९ कुसुमटारमा विवाह भोज खाँदा ३२ जना बिरामी परेका छन् ।
स्थानीयका अनुसार गत सोमबार दिउँसो गाउँमै विवाह भोज खाएपछि गाउँले बिरामी पर्न थालेका हुन् । क्रमिक रुपमा बिरामी हुने क्रम बढेपछि हिजो दिउँसोबाट उनीहरु भरतपुर अस्पताल आउन थालेका थिए ।
आज दिउँसोसम्ममा ३२ जना अस्पताल भर्ना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये तीन जना पुरुष रहेका छन् । उनीहरुमा झाडापखला लाग्ने, ज्वरो आउने, वान्ता हुनेलगायतको समस्या देखिएको चिकित्सकले बताएका छन् ।
भोज खाएर गएदेखि नै वान्ता हुने र झाडापखला लाग्न सुरु भएको बिरामी शारदा ताामाङले बताउनुभयो । “सुरुमा त अरु केही कारणले मलाई मात्रै भएको होला भनेको थिएँ, पछि अरु गाउँलेले समेत यस्तै समस्या भएको थाहा पाएपछि भोजकै कैफियत हो भन्ने लाग्यो” उहाँले भन्नुभयो ।
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा विजय पौडेलले विषाक्त खानाका कारण उनीहरु बिरामी परेको बताउनुभयो । भोजको खाना खाँदा ब्याक्टेरियल टक्सिन पेटमा पुगेर रगत प्रभावित भएपछि यस्तो समस्या देखिएको उहाँको भनाइ छ । उहाँले सबै बिरामीको अवस्था खतरामुक्त हुँदै गएको बताउनभुयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण