सरकारलाई सङ्घीय गठबन्धनको ज्ञापनपत्र, तराईमा दुई प्रदेश बनाइनुपर्ने माग
बुधबार, १५ वैशाख २०७३, २१ : १३
काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले विगतको राज्य पुनःसंरचना उच्चस्तरीय आयोगको प्रतिवेदन अनुरुप तराईमा दुई प्रदेश बनाइनुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौँसहित ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत २६बुँदे मागसहितको ज्ञापन प्रधानमन्त्रीलाई बुझाएको गठबन्धनको एक घटक सद्भावना पार्टीका महासचिव मनिस सुमनले जानकारी दिए ।
ज्ञापनपत्रमा पहिचान र सामथ्र्यका आधारमा लिम्बुवान, ताम्सालिङ, किराँत, मगरात, शेर्पा, नेवालगायत १० प्रदेश बनाउन माग गरिएको छ । गठबन्धनका विभिन्न तहका नेताको टोलीले दिउँसो काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीलाई ज्ञापन बुझाएका थिए ।
गठबन्धनले विगतदेखि नै उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण