बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्यूठानमा आगलागीमा हुँदा १० घर जले

बिहीबार, १६ वैशाख २०७३, ०७ : १७
बिहीबार, १६ वैशाख २०७३

प्यूठान– प्यूठानका भिन्दाभिन्दै दुई स्थानमा भएको आगलागीबाट १० घर जलेर सखाप भएका छन् । प्यूठान नगरपालिका–१६ आँपडाँडामा बुधबार दिउँसो १२ बजेपछि लागेको आगोबाट ती घर जलेका हुन् ।

घटनामा आधा दर्जनभन्दा धेरै गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिने क्रममा स्थानीयवासी तीन जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

त्यस्तै, घटनाको क्षतिका विषयमा आज अध्ययन गरिने उनले बताए । सुख्खा मौसम र आगलागी स्थानमा युवाको कमीले गर्दा आगो नियन्त्रणमा समय लागेको स्थानीयवासीले बताएका छन् । दिनभर लागेको आगो जिल्ला दैवी प्रकोप उद्धार समितिको सहभागितामा प्रहरी, नेपाली सेना, रेडक्रस, स्थानीयवासी र विद्यार्थीले साँझ ८ बजेपछि मात्रै नियन्त्रणमा लिएका थिए ।

त्यस्तै, अग्निपीडितका लागि बुधबार आफन्तसँग बस्ने व्यवस्था गरिएको र आज मात्र राहात वितरण गरिने प्रजिअ कुरुम्बाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप