जावालाखेलमा झुण्डिएर एक व्यक्तिले आत्महत्या गर्दा टोल नै रुवावासी
बिहीबार, १६ वैशाख २०७३, १७ : १०
ललितपुर–ललितपुर जावालाखेल वडा नं. १३ स्थित एक व्यक्तिले आफ्नै घर अगाडि बनाएको जस्ताको टहराको सिलिङमा झुण्डिएर आत्महत्या गरेका छन् । रातो कलरको नाइनलको डोरीमा झुण्डेर पूर्ण बहादुर चण्डुकारले आत्महत्या गरेका हुन् । ७३ वर्षीया चण्डुकार बेलुका परिवारसँगै बसेर खाना खाएर सुतेका थिए । जावालाखेल प्रहरीका अनुसार बेलुका परिवारसँगै खाना खाएर सुतेका चण्डुकार झुण्डिरहेको अवस्थामा बिहान ५ः३० मा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
चण्डुकारले आत्महत्या गरेपछि उक्त टोलमा रुवावासी चलेको छ ।
आत्महत्या गर्नुको करण भने खुल्न सकेको छैन् । आत्महत्या गर्नुको कारणबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चण्डुकारको शरीरमा कुनै पनि चोटपटक नभएको र अहिले उनको शवलाई पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण