बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दश बर्ष भित्र देशलाई बेरोजगार मुक्त बनाउने बाबुरामको घोषणा

शनिबार, १८ वैशाख २०७३, १७ : ३७
शनिबार, १८ वैशाख २०७३
इटहरी–नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको संसद खच्चड र खिचडि जस्तो भएको आरोप लगाएका छन् । भट्टराईले अहिलेको सरकारले देशमा कुनै चमत्कार नगर्ने समेत दाबी गरे । नक्कली पार्टीको रुपमा रहेका अहिलेका केही दलले देशमा आधुनिक विकास र आमुल परिवर्तनका लागि केहि गर्न नसक्ने ठोकुवा समेत गरे । सुनसरीको इटहरीमा आयोजित सडक सभालाई सम्बोधन गर्दै भट्टराईले देशलाई समृद्धिको बाटोमा अघि बढाउन नयाँ शक्ति नेपालसँग प्रसस्तै भिजन भएको भन्दै जनताले साथ र सहयोग गर्नेमा विश्वस्त रहेको बताए । आफ्नो पाटिको लक्ष्य अनुसार दश बर्ष भित्र स्वदेशका कुनै पनि नागरीक बेरोजगार हुनु नपर्ने र कुनै पनि नागरीक गरिब नहुने दाबी गरे । जेठ ३० गते घोषणा हुने आफ्नो पार्टिको केहि नीति तथा कार्ययोजना प्रस्तुत गर्दै भट्टराईले अदालतबाट कानुनि रुपमा दोषि देखिएका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल निलम्बन गर्ने र कुनै पनि आर्थिक प्रलोभनमा फसेका कार्यकर्तालाई कुनै हालतमा माफि नदिने बताए । नयाँ शक्ति पार्टीले आर्थिक पारदर्शितालाई मुख्य एजेण्डा बनाएको भन्दै कसैले चन्दाको नाममा दिएको रकम लिने समेत दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप