पार्टी घोषणा नहुँदै नयाँ शक्ति तेस्रो स्थानमा : पौडेल
पर्वत– नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र आउँदो तीन वर्षभित्र नयाँ शक्ति नेपाल मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् ।
‘आगामी निर्वाचनबाट नयाँ शक्ति मुलुककै ठूलो दल हुनेछ,’ शनिबार पर्वतको कुश्मा बजारमा नेपाल प्रेस सोसाइटीले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘अहिले पार्टी घोषणा नहुँदै नयाँ शक्ति तेस्रो स्थानमा आइसकेको छ ।’ उनले २०७५ सालको संसदीय चुनावबाट नयाँ शक्ति मुलुकको पहिलो राजनीतिक दल बन्ने बताए ।
‘वाम लोकतान्त्रिक पार्टीको रुपमा अगाडि बढेको नयाँ शक्तिप्रति तिव्र आकर्षण देखिएको छ,’ उनको तर्क थियो, ‘यसर्थ यो आउँदो निर्वाचनबाट मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित छ ।’
नेता पौडेलले नेपालमा कांग्रेस र कम्युनिष्टको सिण्डिकेट चलिरहेको आरोप लगाए । ‘यो देशलाई कांग्रेस र कम्युनिष्टको सिण्डिकेटबाट अलग राख्नका लागि नयाँ शक्ति जन्मिएको हो ।’
मुलुकलाई विकल्प चाहिएको भन्दै उनले नयाँ शक्तिलाई वैकल्पिक धारको रुपमा विकास गरिने बताए ।
नयाँ शक्तिले नेपाललाई २० वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको देश बनाउने बताए । ‘देशको विकास गर्न सरकारमा जानुपर्छ, त्यसको लागि हामी आक्रामक संगठन बिस्तारमा छौं,’ उनले भने ।
नेता पौडेलले नयाँ शक्तिले बन्द हड्ताल नगर्ने र कुनै पनि निर्वाचन बहिस्कार नगर्ने बताए । उनले पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोगलाई केही दलहरुले प्रतिसोध साँध्नेगरी प्रयोग गर्न खोजको आरोप गराए । उनले पुरानो कुरालाई बल्झाएर पुनः अर्को अशान्ति मच्चाउने खेलबाट सबै पक्ष जोगिनुपर्नेमा जोड दिए ।
आउँदो जेठ ३०, ३१ र ३२ गते पार्टी औपचारिकरुपमा पार्टी घोषणा गर्ने तयारी गरेको नयाँ शक्तिमा अहिलेसम्म प्रत्यक्षरुपमा ७० हजारले र अनलाइनबाट २४ हजारले क्रियाशील सदस्य बन्न आवेदन दिइसकेको पौडेलले जानकारी दिए ।
पत्रकार भेटघाटमा नयाँ शक्तिका नेता पासाङ शेर्पा र सुशीला श्रीपाइलीलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण