बाह्य शक्ति केन्द्रको उक्साहटमा आन्दोलन : नेता पन्त
शनिबार, १८ वैशाख २०७३, १८ : ५०
पोखरा– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रघुजी पन्तले बाह्य शक्ति केन्द्रको उक्साहटमा मधेसी दलले आन्दोलन गरेर फेरि नेपाली जनतालाई दुःख दिन खोजेको बताएका छन् ।
नेकपा एमाले पोखरा २४ कृस्तिनाच्ने चौरमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले गलत कुराको पछाडि लागेर राष्ट्र र जनतालाई अप्ठ्यारोमा नपार्न सबैसँग आग्रह गरे ।
देशलाई राजनीतिक स्थायित्व दिन र संविधान कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउन नेपाली काँग्रेस पनि अहिलेकै सरकारमा आउनुपर्नेमा जोड दिँदै उनले अर्को आमनिर्वाचनपछि बन्ने सरकारमा एमालेले काँग्रेस नेतृत्वको सरकारमा गएर सहयोग गर्नसक्ने धारणा राखे ।
दीपकप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो समारोहमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र श्रीनाथ बरालले पनि बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण