आधुनिक उपकरणसहितको मौसम स्टेसन स्थापना
मोरङ– मोरङका दुई विद्यालयमा वातावरणबारे जानकारी गराउन मौसम स्टेसन सञ्चालनमा ल्याइएको छ ।
मोरङको लेटाङ्भोगटेनी नगरपालिकाको साग्मा मावि र मधुमल्ला गाविस–२ मा अवस्थित श्री मनोहर जनता उच्च माविमा आधुनिक उपकरणसहित मौसम स्टेसन स्थापना गरेर शनिबारदेखि सञ्चालन गरिएको हो ।
त्यहाँ जडान गरिएका आधुनिक उपकरणबाट तापक्रमको दैनिक टिपोट गरेर विद्यार्थीलाई जानकारी गराइने मनोहरका प्राचार्य लीलानाथ भण्डारीले बताउ ।
लेटाङ्भोगटेनीको साग्मा माविका प्रधानाध्यापक चन्द्रवीर राईका अनुसार यसको सम्पूर्ण विवरण क्षेत्रीय हावापानी कार्यालय धरानलाई पठाउनुका साथै विद्यार्थीलाई मौसमको विषयमा पढाउन सजिलो भएको उनको भनाइ छ ।
प्लान नेपालको सहयोगमा ती स्टेसन स्थापना गरिएको हो ।
हात्तीको आक्रमणबाट एक घाइते
मोरङको उत्तरी भेगमा जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् ।
मधुमल्ला–२ का ४० वर्षीय गणेशबहादुर कार्कीलाई गएराति १० बजे मधुमल्ला बजारबाट घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।
घाइते कार्कीको नोबेल अस्पताल, विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाले जानकारी दिएको छ । कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण