बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खडेरीले बाली ओइलाउन थालेपछि कृषक समस्यामा

आइतबार, १९ वैशाख २०७३, ०७ : ४०
आइतबार, १९ वैशाख २०७३

पोखरा–लामो समयसम्म पानी नपरेका कारण कास्की र यस आसपासका जिल्लामा मकै र तरकारी बाली ओइलाउन थालेपछि यस क्षेत्रका कृषक समस्यामा परेका छन् ।

खडेरी पर्ने क्रम बढ्दै गएपछि कास्कीको लेखनाथ, हेमजा, लामाचौर, बाटुलेचौर, भलामलगायत स्थानका साथै कास्की आसपासका जिल्लामा पनि कृषकले लगाएको बाली सुक्दै गएको छ ।

जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश कोइरालाका अनुसार खडेरीका कारण तरकारीखेतीमा ठूलो मार परेको छ भने मकै पनि ओइलाउँदै गएको छ ।

यसअघि असिना पानीको मारमा परेका कास्कीका कृषक पछिल्ला दिनमा खडेरीका कारण समस्यामा परेको उनले बताउ ।

खडेरीले लहरे तरकारी बालीलाई धेरै असर पार्ने जानकारी गराउँदै कोइरालाले केही दिनभित्रमा पानी परेको अवस्थामा भने मकैखेतीमा खासै असर नपर्ने बताउ ।

विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनका कारण पानी पर्न नसकेको पश्चिमाञ्चल हावापानी कार्यालयका प्रमुख राजाराम ढकालले बताए ।

“वर्तमान समय पूर्व मनसुनको समय भएका कारण धेरै पानी त पर्दैन”, उनले भने – “यही अप्रिल महिनामा पोखरामा सालाखाला १२८ मिलीलिटर पानी पर्नुपर्ने भए पनि यसपटक १७ मिलीलिटरमात्र पानी परेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप