सात वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना : उद्योगमन्त्री
पाल्पा - उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले तयारी गरेको बताएका छन् ।
नयाँ संविधानले कोरेको बाटोअनुसार सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न एक हजार बिघा जमिनको व्यवस्थान गर्ने कार्य भइरहेको उनले बताउनुभयो । उद्योग मन्त्रालयले आइतबार तानसेनमा आयोजना गरेको औद्योगिक समस्या र समाधान विषयक अन्तरक्रियामा मन्त्री पाण्डेयले पुराना उद्योगको व्यवस्थापन गर्दै सङ्घीय संरचनाअनुसार औद्योगिक क्षेत्रको विस्तार गरिने जानकारी दिए ।
विसं २०६४ पछि स्वदेशमा औद्योगिक क्षेत्रको स्थापना हुन नसकेको बताउँदै मन्त्री पाण्डेयले नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि आउँदो बजेटमा सम्बोधन गर्ने आश्वासन दिए । नेपाल सिमेन्टमा आत्मनिर्भर रहेको बताउँदै उहाँले फलाम र तामा खानी सञ्चालनमा ल्याएपछि त्यसमा समेत देश आत्मनिर्भर हुने जिकिर गरे ।
उद्योग मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले विपन्न तथा कमजोर वर्गलाई आर्थिक क्षेत्रमा समावेश गर्न मन्त्रालयले उत्थानको कार्यक्रम तय गरेको जानकारी दिए । अप्रशोधित खनिज पदार्थ निर्यातमा भन्दा खनिज पदार्थलाई स्वदेशमै प्रशोधन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न कार्यक्रम तय भएको उनको भनाइ छ ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले निजी क्षेत्रले लगानीको वातावरण खोजेकाले वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण