नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको तेस्रो अधिवेशन हुँदै
सिड्नी - जनप्रगतिशील मञ्च अष्ट्रेलियाको न्यू साउथ वेल्सको सचिवालय वैठकले तेस्रो अधिवेशनको मिति र स्थान निर्धारण गरेको छ । मार्च २६ तारिकमा न्यु साउथ वेल्स को रक्डेलमा बसेको मञ्चको पहिलो बिस्तारित बैठकले सिड्नी अधिवेशन आगामी जुन १७ र १८ तारिखमा हुने तय गरेको हो ।
संयोजक माण्डवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अप्रिल १६ मा सचिवालयको बैठक बसेर मिति तय गरिएको जानकारी दिएका छन् । उक्त्त अधिवेशन सफल गराउन ५१ सदस्यीय आयोजक समिति पनि सोही वैठकले गठन गरेको छ । समितिको सम्योजकमा माण्डवराज कार्की र हिमलाल गैरे सह संयोजक हुनुहुन्छ । समितिको काम कारवाहीलाई सघाउन र प्रभावकारी बनाउँन ११ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।
अधिवेशनका लागि नेपालबाट एकीकृत नेकपा माओवादीका केन्द्रीयस्तरका नेता प्रमुख अतिथिको रुपमा सहभागी हुने जानकारी पनि विज्ञप्तिमार्फत गराइएको छ ।
मञ्ले एक प्रेस विज्ञप्ती जारी गरेर अष्ट्रेलियाभरी छरिएर रहेका आफ्ना सदस्य, समर्थक र शुभचिन्तकहरुलाई अधिवेशन आयोजक समितिको सम्पर्कमा आउन अनुरोध पनि गरेको छ ।
साथै सह सम्योजक हिमलाल गैरेका अनुसार अष्ट्रेलियाको अन्न्य राज्यमा पनि समिती गठन प्रकिया सुरु भईसकेको छ । सबै राज्यबाट आयोजक समिती गठन गरेर अधिबेशन भब्य बनाउने सम्योजक गैरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण