हरुवा–चरुवाहरुको दुःख कसले बुझ्ने ?
राजविराज - सपना कसको हुदैन् न र, बालबच्चा पढाउने र ठुलो मान्छे बनाउने? तर हामीलाई छाक टार्नै पनि दिनहुँ मालिक (साहु) को खेतवारीमा मरिमरि काम गर्नु पर्ने अवस्था रहेकोले यस्तो सपना आफैभित्र गुम्सिर थन्किएको सप्तरीका हरुवा–चरुवाहरुले दुखेसो व्यक्त गरेका छन् । १२७ औं अन्तराष्ट्रिय मजदुर दिवशको अवसरमा हरुवा चरुवा अधिकार मञ्चले सप्तरीको राजविराजमा आइतवार आयोजना गरिएको ¥याली प्रदर्शनका सहभागी हरुवा–चरुवाहरुले यस्तो दुखेसो व्यक्त गरेका हुन् । आफुहरु छाक टार्नैका लागि प्रतिदिन मालिकको खेतवारीमा मरिमरि काम गरी दैनिक जीवनयापन गरिरहेको हरुवा–चरुवा अधिकार मञ्च सप्तरीका सचिव लागेन सदाले बताए । उनले भने–‘दिनभरि काम गरेर राति र विहानको खाने कुरा किन्छु र फेरी दोश्रो दिन पनि त्यसरी नै ।’ कुनै–कुनै दिन त मालिककोमा काम हुदैन भने सारा परिवारजनलाई भोकै बस्नुपर्ने बाध्यता समेत पर्ने गरेको दुखेसो सुनाए । उनले थपे–‘अब खानैका लागि पनि हाम्य–हाम्य भइरहेको वेला बालबच्चालाई पढाउने र ठुलो मान्छे बनाउने सपना आफैमा मात्र सिमित भयो ।’ ¥यालीमा सहभागी भएका अर्को हरुवा–चरुवा सप्तरी ईटहरी विष्णुपुर ७ गोरगामाकी भुमिहिन सितादेवी रायले हरुवा चरुवाको पिडाप्रति सरकार पनि उदासिन रहेकोले अब त छोराछोरी पढाउने र ठुलो मान्छे बनाउने सपना त आकाशको तारालाई छुने जस्तो हुन थालिएको बताइन् । सरकारको हरुवा–चरुवाप्रतिको उदासिनता देखेर आफुहरुको बालबच्चा पनि आफुहरु जस्तै नै हुने चिन्ताले अस्ताउन लागेको बताइन् । हरुवा चरुवा अधिकार मञ्च सप्तरीको नेतृत्वमा निकालिएको ¥यालीमा उनीहरुले आफुहरुको ऋण मिनाह, जमिन सहित पुनस्र्थापना, समान कामको समान ज्याला निर्धारण, हरुवा चरुवा आयोग गठनको माग गर्दै ¥याली प्रदर्शन गरेका हुन् । तीन–तीन पुस्तादेखि मालिक (जमिनदार) को ऋण तिर्न हरुवा वस्दा पनि सप्तरीका कतिपय हरुवा चरुवाहरुको मुक्ति हुन नसकेको हरुवा चरुवा अधिकार मञ्च सप्तरीका उपाध्यक्ष देवलाल रामले वताए । उनका अनुसार हाल जिल्लाभरिमा करिब १९ हजार हरुवाचरुवा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण