किर्ते गरी जग्गा बेच्ने नक्कली बैंक म्यानेजरसहित दुई पक्राउ
इटहरी – आफु बैंकको म्यानेजर हो भन्दै जग्गा किर्ते गरी ठगेको आरोपमा प्रहरीले मोरङबाट दुई जना पक्राउ गरेको छ । मोरङ सुन्दरदुलारी नगरपालिका ६ बस्ने स्थानिय महिला टंङनी देवी चौधरीको जंग्गा किर्ते गरी ठगेको आरोपमा सोही स्थान बस्ने शरद श्रेष्ठ र निजगढ ६ बाराकी रत्न कुमारी लामालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । छोरालाई सिटि सफाई खरिद गर्नको लागी चौधरीले शरद श्रेष्ठ मार्फत मोरङको तेतरियामा रहेको दुई कित्ताको ८ कट्ठा १३ धुर र ३ कट्ठा ६ धुर जग्गा धितोमा राखेकी थिइन् । आफु काठमाडौ स्थित बैक अफ एसियाको म्यानेजर रहेको बताउँदै श्रेष्ठले चौधरीलाई फसाएका थिए । दुवैको संलग्नतामा मोरङको तेतरियाको १२ कट्ठा जग्गा जालसाजी गरि लामाको नामका जंग्गा नाम सारी गरिएको थियो । अक्षर समेत नचिन्ने पिडित चौधरीलाई सिटि सफारी किन्न ३ लाख धितो दिने बाहानामा उनिहरुले चौधरीको नाममा रहेको जग्गा आफनो नाममा बनाएका हुन् । चौधरीको नाममा रहेको उक्त जमिन खाली चेक देखाई श्रेष्ठले लामाको नाममा पार्न सफल भएको इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी निरीक्षक मेधराज थापाले बताए । पछि लामाले जग्गा पुनः विराटनगर बस्ने राजविराज सप्तरीका व्यवसायी अनिल सिँहलाई बेचेकी थिइन् । लामा भने बिगत लामो समयदेखि जग्गाको अबैध किनबेचमा संलग्न भएको प्रहरीको भनाई छ । लामाको साथबाट प्रहरीले विभिन्न स्थानका जग्गाको नक्सा, पुर्जा, स्ट्याम प्याड लागएतका सामाग्री समेत बरामद गरेको छ । लामाले ३ लाख मध्ये एक लाख पचाँस हजार श्रेष्ठलाई दिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । तर श्रेष्ठले भने चौधरीलाई ५० हजार नगद मात्र दिएको खुलास भएको थियो । पछि चौधरीले स्थानीयलाई घटनाको बारेमा जानकारी गराइकी थिइन् । बेलवारी प्रहरीको सक्रियतामा विभिन्न स्थानबाट पक्राउ परेका दोषीलाई म्याद थप गरी कारवाहिका लागि मुद्दा अघि बढाइएको प्रहरी निरिक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण