बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेताहरुले मजदूरलाई सत्तामा पुग्ने हतियारको रुपमा प्रयोग गरेः लोहनी

आइतबार, १९ वैशाख २०७३, १९ : १४
आइतबार, १९ वैशाख २०७३

काठमाडौं, बैशाख १९ – राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले राजनीतिक दलहरुले श्रमिकहरुलाई राजनीतिक स्वार्थ पूरा गर्ने हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् । १२७ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज राष्टिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ –स्वतन्त्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘राजनीतिक दलले मजदूरलाई सत्तामा पुग्ने हतियारको रुपमा प्रयोग गरिरहेका छन् । तर, मजदूरकोहरुको समस्या भने ज्यूको ज्यू रहेको छ।’ उनले मजदूरहरुको हकहितको लागि स्थापना भएको ट्रेड युनियनहरुले पनि मजदूरको पक्षमा केहि गर्न नसकेको उल्लेख गर्दै गर्दै मजदूरहरुले आफ्नो अधिकार खोज्ने बेला आएको बताए ।

नेपालमा रोजगारीको पर्याप्त सम्भावना भएको भएपनि राजनीतिक दलहरुकै कारण निरन्तर भएका रोजगारी पनि गुम्दै गइरहेको भन्दै लोहोनिले यसो हुनु निडम्बनाको विषय भएको बताए । ‘ बेरोजगारदर ह्वात्तै बढेको छ , यस्तो बेला वैदेशिक रोजगार विभाग गठन भएको छ । तर, आन्तरिक रोजगार विभाग रहेको छैन’, उनले भने, सत्ता वर्गले श्रमिकहरुको हित चाहेको नै छैन। वरिष्ठ राजनीतिज्ञ केशरबहादुर विष्टले नेपाली युवालाई जोखियुक्त कामका लागि वैदेशिक रोजगारीमा पठाएर राज्य आफ्नो दायित्वबाट पन्छिन खोजिरहेको बताए । उनले राष्ट्रवादी शक्तिहरु बीच एकतामा जोड दिँदै राष्ट्रवादी शक्तिले श्रमिकहरुको पक्षमा काम गर्न सक्ने समेत दाबी गरे । यसैगरी राष्ट्रिय जनसंघर्ष मोर्चाका संयोजक श्याम तिमल्सिना र राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले श्रमिकहरुको हितका लागि राज्यले प्रभावकारी काम गर्नु पर्नेमा जोड दिए । यसैगरी महासङ्घका अध्यक्ष नवराज दाहालले मजदुरका माग सम्बोधन गर्न श्रम ऐन संशोधन र सामाजिक सुरक्षा ऐन तत्काल जारी हुनपर्नेमा जोड दिए । सो अवसरमा कलाकारहरुले आफ्नो प्रस्तुतिमार्फत सहभागीहरुलाई मनोरञ्जनसमेत प्रदान गरेका थिए ।

रातोपाटीकर्मी सिग्देल  सम्मानित

दिवसका अवसरमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रले रातोपाटीकर्मी  राजकुमार सिग्देललाई ‘ श्रमजीवी पत्रकार सम्मान– २०७३’ बाट सम्मान गरेको छ ।

‘ट्रेड युनियन आन्दोलन र श्रम’सम्बन्धी विषयमा खोजमूलक समाचार प्रकाशन / प्रसारण गरेको भन्दै उनलाई महासङ्घले   सम्मानित गरेको हो  ।

यसैगरी राससका पत्रकार किरण भट्टराई र ‘न्यूज २४’ का पत्रकार बुद्धिप्रसाद शर्मालाई पनि  श्रमजीवी पत्रकार सम्मान– २०७३’ बाट सम्मान गरिएको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप