रानीपोखरीको पुनःनिर्माण गर्न समस्या
आइतबार, १९ वैशाख २०७३, २० : ४६
काठमाडौँ–रानीपोखरीको बीचभागमा रहेको (म्युजिकल फाउन्टेन) पानीको फोहोराका कारण पानी निकाल्ने काम हुन नसक्दा तत्काल पुनःनिर्माणको काम स्थगित भएको छ ।
चार दिनदेखि पोखरीको पानी निकल्ने काम सुरु भएपनि बीच भागमा रहेको म्युजिकल फाउन्टेनका कारण तत्कालका लागि काम स्थगित गर्नुपरेको पुनःनिर्माणका लागि जिम्मा लिएको वल्र्डवाईड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताए ।
उनका अनुसार २० वटा जति रहेको उक्त फाउन्टेन निकाल्ने काम सक्नेबित्तिकै बाँकी पानी फल्ने र अन्य काम सुरु हुनेछ । पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामको रुपमा रहेको पोखरीको हिलो फालिनेछ ।
गत वैशाखको भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सो मन्दिरको पनि पुनःनिर्माणको काम पनि सँगै गरिनेछ । मन्दिर आगामी बुधबारदेखि पुरातत्व विभागको रोहवरमा भत्काउन सुरु गरिनेछ ।
रानीपोखरीको पुनःनिर्माणअन्र्तगत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियाली बनाउने बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण