सरकारले संविधान कार्यान्वयन गर्न सक्दैनः काँग्रेस नेताहरु
आइतबार, १९ वैशाख २०७३, २१ : ०३
काठमाडौँ– व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका नेताहरुले वर्तमान सरकारले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्न नक्नेa जिकिर गरेका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै काँग्रेस नेताहरुले यस्तो धारणा राखेका हुन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा वर्तमान सरकार नै बाधक भएको बताए । “सरकार भूकम्पपछिको पुनःनिर्माण र संविधान कार्यान्वयन दुवैमा चुकेको छ, पुनःनिर्माणका लागि दाताले दिएको बजेट पाँच प्रतिशत पनि खर्च गर्न नसक्नुले सरकारको गति स्पष्ट हुन्छ”–उनले भने ।
संसद्मा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपूर्व हुने गरेको छलफल समेत सरकारले गराउन नसकेको प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका सभापति देउवाको भनाइ थियो । श्रमिकका हक हित सुरक्षित गर्न काँग्रेस प्रतिबद्ध रहेको पनि उनले बताए ।
काँग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नदेखिएको आरोप लगाए । सरकार बजार व्यवस्थापन, शान्ति सुरक्षा र विदेश नीतिलगायत सबै क्षेत्रमा असफल भएको उनको भनाइ थियो ।
केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालका वामपन्थी दलले मजदुरका पार्टी हौँ भनी दाबी गरेपनि श्रम आयोग गठन गर्न बाधक बनेको बताउँदै संविधान संशोधनका बेला श्रम आयोग गठनको बुँदा पनि राखिनुपर्छ, मजदुरको हक हित र सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए । सरकारले मधेस र जनजातिका समस्या समाधान गर्न नचाहेको पनि नेता कोइरालाको भनाइ थियो ।
अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालको प्रजातान्त्रिक र मजदुरको आन्दोलनबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । “सरकारको कमजोरीका कारण आर्थिक वर्ष सकिन दुई महिनामात्र बाँकी हुँदा पनि बजेटको ५० प्रतिशत खर्च हुन नसकेकाले मजदुर वर्ग समस्यामा परेका छन्”–उनले भने ।
ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले उद्योगपतिसँग सामाजिक सुरक्षाको सम्झौता भएको छ वर्ष बित्दा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, महिला उपाध्यक्ष रमा पौडेल, फ्रेडरिक इबर्ट स्टिफटुङका देवराज दाहाल, नेपाल शिक्षक सङ्घका अध्यक्ष केशव निरौलालगायत राष्ट्रिय÷अन्तर्राष्ट्रिय मजदुर संस्थाका प्रतिनिधिले श्रमिकको हक हित सुरक्षित गर्न राष्ट्रिय श्रम आयोग गठन गरिनुपर्ने माग गरे ।
सो अवसरमा सभापति देउवाले १२७ औँ विश्व श्रमिक दिवसको अवसर पारेर प्रकाशन गरिएको ‘श्रम सन्देश’ स्मारिकाको विमोचन गरे ।
सोमबारसम्म चल्ने सम्मेलनमा ७५ जिल्ला समिति र ट्रेड युनियन काँग्रेस आबद्ध संस्थाका प्रतिनिधिको सहभागिता रहने महासचिव महेन्द्र यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण