जग्गा कीर्ते गर्ने गिरोह पक्राउ
आइतबार, १९ वैशाख २०७३, २१ : १५
इटहरी– लाखौँ मूल्य पर्ने जग्गा कीर्ते गरी किनबेच गरेको आरोपमा मोरङको तेतरियाबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल घर भई हाल मोरङ सुन्दरदुलारी–६ मा अस्थायी रुपमा बस्दै आएका शरद श्रेष्ठ र निजगढ–६ बाराका रत्नकुमारी लामा रहेका छन् ।
लामा र श्रेष्ठको संलग्नतामा मोरङको तेतरिया गाविस–६ मा रहेको आठ कट्ठा १३ धुर र अर्को तीन कट्ठा छ धुर जग्गा जालसाजी गरी खरिद गरिएको थियो । उनीहरुले सुन्दरदुलारी–६ की टङ्नीदेवी चौधरीको नाममा रहेको उक्त जमिन खाली चेक दिएर आफ्नो नाममा पास गर्न सफल भएका थिए । उक्त जग्गा विराटनगर बस्ने राजविराज सप्तरीका अनिल सिंहलाई उनीहरुले बेचिसकेका थिए ।
आफूलाई एक पैसा नदिई आफ्नो जग्गा अरुको नाममा रहेको पत्ता पाएपछि चौधरीले स्थानीयवासीको सहयोगमा प्रहरीलाई जानकारी गराएका थिए ।
बेलवारी प्रहरीको सक्रियतामा विभिन्न स्थानबाट पक्राउ परेकालाई म्याद थप गरी कारबाहीका लागि अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक मेघराज थापाले बताए ।
पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न स्थानका जग्गाको नक्सा, लालपुर्जा, छापलगायत सामग्री बरामद भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण