संस्थागत विद्यालय शिक्षक युनियन गठन
आइतबार, १९ वैशाख २०७३, २१ : १६
काठमाडौँ- निजी विद्यालयमा कार्यरत शिक्षकको दुई सङ्गठनबीच एकता भई संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) बनेको छ ।
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (एनइस्टु) र संस्थागत विद्यालय शिक्षक युनियन(इस्टुएन) बीच एकीकरण भएपछि इस्टु बनेको हो ।
मुकुन्द गौतम अध्यक्षतामा इस्टुको ६१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । इस्टुको उपाध्यक्षमा हेमकुमार थापा र महासचिव भीम क्षेत्री रहनुभएको छ ।
यसैगरी सङ्घीय संरचनाअनुसार ७ उपाध्यक्ष राखिएको छ । दुई सङ्गठन एकीकरण गरिएकाले तीनवर्षे कार्यकाल रहने उक्त कार्यसमितिका अध्यक्षमा डेढ वर्ष गौतम र बाँकी डेढ वर्ष थापा रहनुहुने सहमति भएको बताइएको छ ।
वरिष्ठ उपाध्यक्ष थापाका अनुसार नयाँ कार्यसमितिमा एनइस्टुका २८ र इस्टुएनका २५ जना सदस्य रहेका छन् । २०६० सालमा स्थापित एनइस्टुपछि विभाजित भई दुईवटा बनेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण