बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

धमाधम महाधिवेशन गर्दै मधेसी दल, तमलोपाको महाधिवेशन असार दोस्रो साता

आइतबार, १९ वैशाख २०७३, २१ : ३१
आइतबार, १९ वैशाख २०७३
धनुषा– तराई मधेस लोकतान्त्रिक पार्टीले आगामी असार दोस्रो साता नवलपरासीको रामग्राममा पार्टीको प्रथम केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । जनकपुरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष महन्थ ठाकुरले अगामी असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीको रामग्राममा पार्टीको प्रथम महाधिवेशन आयोजना गरिने बताए । महाधिवेशन सम्पन्न गर्न वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यसहित १५१ सदस्यीय मूल तयारी समिति गठन गर्ने तथा अन्य व्यवस्थापनका लागि व्यवस्थापन समन्वय, मूल दस्तावेज तयारी, विधान परिमार्जन, प्रचारप्रसार, अर्थ, सञ्चार व्यवस्थापन, अतिथि व्यवस्थापन, केन्द्रीय निर्वाचनलगायत उपसमिति गठन गरिने उनले बताए । बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाउँदै आएको ११ बुँदे प्रस्तावप्रति समर्थन जनाउँदै तेस्रो मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकालाई राष्ट्रिय सम्मान, घाइतेको उपचार एवम् पीडित परिवारलाई क्षतिपूर्तिको मागसमेत गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप