बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पाँचतारे होटलमा प्रधानमन्त्री र भारतीय राजदूतबीच रात्रीभोजसहितको गोप्य वार्ता

आइतबार, १९ वैशाख २०७३, २२ : १३
आइतबार, १९ वैशाख २०७३
[caption id="attachment_47299" align="alignright" width="842"] file photo[/caption]

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूत रञ्जित रेको लागि राजधानीको एक पाँचतारे होटलमा रात्री भोज गरेका छन् । ओली नेतृत्वको सरकार संकटमा परेको भन्ने चर्चा चलिरहेको बेला ओलीले राजदूत रेलाई रात्री भोज दिएका हुन् । आइतबार साँझ ७ बजेदेखि चलेको रात्री भोज राती अबेर सम्म चलेको थियो भने सो क्रममा ओली र रेबीच गोप्य वार्ता समेत भएको स्रोतको दाबी छ ।

निकै गोप्य राखिएको उक्त रात्री भोजमा प्रधानमन्त्रीका निकटस्थ सल्लाहकारका   साथै भारतीय राजदूत रेसहित दूताबासका डिसिएम विनय कुमार  सहभागि रहेको स्रोतले जनाएको छ ।

सो क्रममा ओलीले आफू नेतृत्वको सरकारलाई सहयोग गर्न राजदूत रेमार्फत भारतसँग आग्रह गरेको स्रोतको दाबी छ ।

यस्तै प्रधानमन्त्रीले मधेसी मोर्चाको माग अनुसार संविधानपनि संशोधन गरिएको तर अझैं पनि उनीहरुले आन्दोलन गर्न नछाडेको भन्दै समस्या सिर्जना भएको बताएका थिए । उनीहरुको माग पूरा भइसकेको अवस्थामा पनि आन्दोलन नरोक्नु आचर्यजनक भएको उनले बताएका थिए । वार्ताका क्रममा भारतीय राजदूत रेले आफूहरुले नेपालमा शान्ति र स्थायित्व चाहेको धारणा राखेका थिए । सरकारबारे भने उनले ओलीसँग खुलेर कुरा नगरेको स्रोतको दाबी छ ।  

एमाओवादीको बलियो समर्थनमा बनेको ओली सरकार पछिल्ला दिनहरुमा संकटमा परेको चर्चा चलिरहेको बेला ओलीले  भारतीय राजदूतलाई रात्रीभोज दिएर  गोप्य वार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप