थापा हटाइएपछि पाँचथरमा हलचल
आइतबार, १९ वैशाख २०७३, २२ : ३९
पाँचथर – राप्रपा नेपाल पाँचथरभित्र आन्तरिक खिचातानीका कारण दरार उत्पन्न भएको छ । पुराना कार्यकर्तालाई पाखा लगाएर ‘आफ्नो’ मान्छेलाई अवसर दिने प्रवृतिका कारण विवाद सार्वजनिक भएको हो । जिल्ला उपाध्यक्ष रामबहादुर थापालाई शान्ति समितिबाट हटाइए पछि गुपचुप रहेको शीतयुद्ध सतहमा आएको छ ।
राप्रपा नेपाल पाँचथर शाखामा कुरुम्वाङहरुले परिवारवाद लादेको, पार्टीमा योगदान नभएका नीजी कम्पनीका कामदारलाई प्राथमिकता दिएर गुटबन्दी गरेको भन्दै पुराना कार्यकर्ता निष्क्रिय बस्न थालेका छन् । स्रोतका अनुसार, यस्तै असन्तुष्टीका कारण उपाध्यक्ष रामबहादुर थापा पार्टी गतिविधिबाट अनुपस्थित रहँदै आएका थिए । नगर अध्यक्ष जगत थापा लगायत फिदीम नगरस्तरीय कार्यकर्ताहरुले यसै कारण पहिले जस्तो सक्रियता देखाउन छाडेका छन् ।
जिल्ला अध्यक्ष घलेन्द्र कुरुम्वाङले एकतर्फी हालीमुहाली बढाएर छोरा शैलेन्द्र कुरुम्वाङ, भाई तेजकुमार कुरुम्वाङ र बुहारी सुनिता कुरुम्वाङलाई काखी च्यापेको कारण जिल्ला समितिभित्र व्यापक असन्तुष्टी बढेको छ ।
जिल्ला राजनीतिबाट टाढै बस्ने निर्णय स्वरुप उपाध्यक्ष थापा हाल काठमाडौंमा बसोबास गर्छन् । थापाको र राप्रपा नेपाल समानान्तरका नेता सगुन लावतीको बसोबास कुसुन्ती एकै स्थान भएकोले दुईबीच भेटघाट बाक्लीदै गएको स्रोत बताउछ ।
केन्द्रीय सदस्य छवीरमण सुवेदीलाई पनि कुरुम्वाङहरुको एकलौटीपन चित्त बुझेको छैन । तै सुवेदीले हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । जिल्ला अध्यक्षका भाई तेजकुमारले जिल्लामा सल्लाहै नगरी सांसद विकास कोषको पचास प्रतिशत हिस्सा बार्गेनिङ गरेको जानकारी पाएपछि जिल्ला समितिमा हलचल मच्चिएको छ ।
‘तेजकुमारले कसैलाई जानकारी नदिई आफ्नो ससुराली गाउँ लालीखर्क र नीजी गाउँ हाङगुम–१ का लागि दश लाख रकम मागेका रहेछन् । पैसा नपाएपछि मात्र समानान्तरको नाम मुछेर विवाद चर्काउन खोजेको कुरा हामीले अहिले चाल पायौं । दश लाख आफूलाई, दश लाख समानान्तरलाई भनेर तेजकुमारले केन्द्रमा प्रस्ताव गरेका रहेछन् । त्यस्तो सुचना पाएपछि, के यो साँचो हो भनेर तेजकुमारलाई हामीले प्रतिप्रश्न गर्यौै तर चित्त बुझ्दो जवाफ पाउन सकिएन,’ उपाध्यक्ष थापा निकष्टत युवा नेता बताउछन् ।
व्यस्तताका कारण भनी उपाध्यक्ष थापालाई शान्ति समितिको प्रतिनिधि हुनबाट च्यूत गरिएपछि राप्रपा नेपालमा लागेका धेरैले स्वर्गीय नेता पद्मसुन्दर लावतीको देन र गुण संझिएका छन् । कसैको उक्साहटमा बिना काम लागिएछ भन्दै पश्चाताप गर्दैछन् । हुन त तेजकुमार स्वयमलाई लावतीको ठूलो सहयोग र आशीर्वाद थियो भन्ने पाँचथरबासीले भुलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण