बूढीगण्डकी जलविद्युत् निर्माण गर्न गोरखाका दल प्रतिबद्ध
गोरखा– एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा गोरखामा क्रियाशील विभिन्न राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका छन् ।
दिनहुँ विद्युत्भार कटौती बढिरहेको भन्दै उनीहरुले द्रुतगतिमा आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरुले गोरखा र धादिङको सीमामा बूढीगण्डकीमा बाँध बाँधेर विद्युत् उत्पादन गर्दा समग्र देशको आर्थिक विकासमा कायापलट हुने विश्वास व्यक्त गरे ।
बूढीगण्डकी आयोजना निर्माणमा सघाउनका लागि नेपाली काँग्रेस गोरखाले आज आयोजना गरेको अन्तक्र्रियामा बोल्दै बूढीगण्डकी विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले आयोजना निर्माणको कामलाई तीव्रता दिइने बताए । आयोजनाको काम समितिले गर्ने कि कम्पनी मोडलअनुसार गर्ने भन्ने टुङ्गो सरकारले लगाइसकेको छैन ।
नेपाली काँग्रेस सरकारमा नरहे पनि आयोजना निर्माणमा सक्दो सघाउने प्रतिबद्धता जिल्ला सभापति हरिबहादुर घलेले गरेका छन् । प्रभावित क्षेत्रका स्थानीय जनतालाई मुआब्जा दिएर वैकल्पिक, सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउँदै उनले भूकम्पपछिको पुनःनिर्माण अभियानकै क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई पनि अन्यत्र सार्न सरकारलाई सुझाव दिएका छन् ।
कार्यक्रममा जिल्लामा क्रियाशील नेकपा एमाले, राप्रपा नेपाल, राप्रपा, नेपाल परिवार दललगायत दलका प्रमुख एवम् प्रतिनिधि उपस्थित भएका थिए । उनीहरुले बढ्दो विद्युत्भार कटौती रोक्न पनि छिट्टै आयोजना बनाउनुको विकल्प नभएको धारणा राखे ।
साथै, भूकम्पले भत्काएको आयोजना निर्माणस्थलमा रहेका विद्यालय, स्वास्थ्य चौकी, गाविस भवनलगायत संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्ने राजनीतिक दलका प्रतिनिधिले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण