अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न
कोलोराडो– बिआरटी नेपाल तथा ब्लड डोनर अफ अमेरिकाको आयोजनामा आज अप्रिल ३० शनिवारको दिन रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् ।
बोनफिलस बल्ड सेन्टर बोल्डरमा प्राय वर्षको २ पटक बिआरटी नेपाल र ब्लड डोनर अफ अमेरिकाले आयोजना गर्दै आइरहेको छन् ।
आज भएको रक्तदानमा जम्मा १७ जना नारायण श्रेष्ठ, शरद आचार्य, प्रमोद के सी, रिपेन्द्र कार्की, शैलेश पोखरेल, राजिब थापा, ह्रितिका थापा, रुक पछाई, सरिता पछाई, विश्वेश्वर केसी, नगिना श्रेष्ठ, लुना पौड्याल, टिका पौड्याल, दिनेश कार्की र मणी बस्नेत आदिले रक्तदान गरेका थिए भने विनोद त्रिपाठी र राजेश उप्रेतीले पहिलो पटक रक्तदान गरेका थिए ।
नेपाल वा अन्य देशमा गएको एक वर्षभित्र रक्दान गर्न नपाईने भएपनि यदि नेपालको काठमाडौं या हिमाली भेगमा गएको खन्डमा भने रक्दान गर्न सकिने बोनफिलस बल्ड सेन्टरबाट जानकारी प्राप्त भएको छ ।
९५ वर्ष पुगेका वृद्ध समेतले अझै रक्तदान गर्ने गरेको जानकारी पनि उक्त सेन्टरबाट प्राप्त भएको छ । रक्दानको लागि आएका जगत नारायण श्रेष्ठ, मनोज काजी तुलाधर, भुपेन्द्र महत, सुनिता थापा, लछुमन राना आदिले विविध कारणले रक्तदान दिन पाएका थिउ । अर्को पटकको रक्दान अगस्ट महिनाको तेस्रो हप्तामा गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण