बेल्जीयममा लप्पन–छप्पन
केहिअघि नै चर्चामा आइसकेको एउटा चलचित्रको नाम हो –लप्पन छप्पन । दर्ताको क्रममा नाम जुधेपछि यो चलचित्रले चर्चा पाएको थियो । यहि चलचित्र लप्पन छप्पन यतिखेर छायांकनको क्रममा बेल्जियममा छ ।
लप्पन छप्पन युरोपको वेल्जीयममा प्राय दृश्य छायांकन हुनेछ । यसका लागि गत विहिवार चलचित्रका निर्देशक मुकुन्द भट्ट र छायाकार पुरुषोत्तम प्रधान बेल्जीयम प्रस्थान गरिसकेका छन् । छायांकनको चाँजोपाजो मिलाउन निर्देशक भट्ट र छायांकार प्रधान केहिअघि नै प्रस्थान गरेका थिए । उनीहरु यतिखेर चलचित्रका केही ल्याप्स सर्ट खिचिरहेका छन् । शनिबार बाट बेल्जियममा छायांकन प्रारम्भ गरिएको हो ।
चलचित्रका अन्य कलाकार प्राविधिक यसै हप्ता त्यसतर्फ प्रस्थान गर्दैछन् । चलचित्र लप्पन–छप्पनमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ र हलिउड अभिनेता अलेक्सजेण्डर रजुनोभको अभिनय रहने छ । साथै नव प्रस्तुतिका रुपमा प्रकाशजंग शाह र शित खरेलले पनि अभिनय गर्नेछन् ।
एक्सन थ्रिलर एवं कमेडी भरपुर प्रयोग रहने चलचित्र लप्पन छप्पनका द्वन्द्व निर्देशक चन्द्र पन्त हुन भने संगीत दीपक आरजेको रहेको छ । चलचित्रका निर्माता डम्बर बहादुर चन्द, सह निर्माता इन्द्र प्रसाद खरेल, कार्यकारी निर्माता सहदेव गौतम र प्रस्तुतकर्ता जानुका कंडेल रहेकी छिन् । चलचित्रको छायाकार पुरुषेत्तम प्रधान रहेका छन् भने लेखन पनि निर्देशक भट्टकै रहेको छ ।
युरोपको बेल्जीयममा करिव १ महिना लगाएर चलचित्र खिचिने छ । चलचित्रका वितरक भने गोविन्द शाही हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण