बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बलिउड फ्लेबरमा ‘द विनर,’ फष्ट लुक र गीत सार्वजनिक

सोमबार, २० वैशाख २०७३, ०८ : १०
सोमबार, २० वैशाख २०७३

काठमाडौं–हिक्मत बिष्टको निर्देशनमा निर्माण गरिएको चलचित्र ‘द विनर’को आईतबार राजधानीमा औपचारीक कार्यक्रमका बीच फिल्मको फष्ट लुक र एक गीत सार्वजनिक गरिएको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केहि समयअघि सार्वजनिक गरिएको फिल्मको टिजर र ‘आयौ तिमी मेरो जीवनमा’ बोलको भिडियो गीत सार्वजनिक गरियो । पछिल्लो समय चर्चामा रहेको टिजरले उपस्थित संचारकर्मीको समेत ध्यान खिच्न सफल रह्यो ।

सार्वजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रविशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ । सार्वजनिक गीतलाई समेत संचारकर्मीले रुचाएका छन् ।

गीत र टिजरको बोर्ड अध्यक्ष राजकुमार राईले समेत प्रसंसा गरे । उनले बलिउड फ्लेबरमा चलचित्रले संकेत देखाएको भन्दै स्तरीय चलचित्र निर्माणमा रहेका निर्माता र कलाकारलाई सफलताको लागि शुभकामना दिए । उनले स्तरीय चलचित्रको अभाव रहेको बताउँदै आफु सदैव स्तरीत चलचित्रको पक्षमा रहने बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले समेत चलचित्रले शुभ संकेत देखाएको भन्दै सफल ब्यापार गर्ने आशा व्यक्त गरे । कार्यक्रममा पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, नायक महेशमान श्रेष्ठ, मन्चिन शाक्य, कलाकार राजकुमार पन्त, रेशु तामाङ र अमित गिरी सहभागी थिए ।

निकै स्तरीय तरिकाले आयोजना गरिएको कार्यक्रममा निर्माण कम्पनीका प्रमुख सुबोध ठकुरी, निर्माता बिकास खरेल, रितेश राणा, निर्देशक हिक्मत बिष्टलगायतका कलाकारले फिल्म बारे बोलेका थिए ।

चलचित्रमा सृजना शाह, विकास खरेल, अमित गिरी, राजेश प्रसाद जोशी र निरज श्रेष्ठले लगानी गरेका हुन् । यस्तै चलचित्रको कार्यकारी निर्माता रितेश राणा र सुशिल पन्त हुन् ।

नेपाल, दुबई र अष्टलियामा छाँयाकन गरिएको चलचित्र आउदो भदौ १७ गते प्रदर्शन हुने जानकारी गराईएको छ । चलचित्र डायमण्ड स्टार फिल्मसले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप