ग्लोबल आइएमई बैंकको ९० औँ शाखा दमौलीमा
सोमबार, २० वैशाख २०७३, ११ : ०२
काठमाडौं–ग्लोबल आइएमई बैंकले आइतबार तनहुँको दमौलीमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।
उक्त शाखाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले उद्धघाटन गरे । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले तनहुँ जिल्लामा धेरै पहिलेदेखि ग्लोबल आइएमई बैंकको आवश्यकता महसुस भई आएको कारण बैंकले आफ्नो शाखा बिस्तार गरेको बताए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकले दिदै आएको सेवा सुविधाको सन्र्दभमा प्रकाश पारेका थिए । दमौलीमा खोलिएको नयाँ शाखासंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९० पुगेको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले बिभिन्न स्थानमा शाखा कार्यालय, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । हाल बैंकको ६४ अर्ब निक्षेप, ५७ अर्ब भन्दा बढि कर्जा प्रवाह, ९० वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९५ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन भने ग्राहक संख्या ६ लाख भन्दा बढि रहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण