अनसन बसेका युवालाई बाबुरामको समर्थन
काठमाडौं – नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बेरोजगारी समस्या नेपालको एक नम्बर समस्या भएकोले राज्यले पहिलो दायित्व भएको बताएका छन् । राजधानीको खुलामञ्चमा रोजगारीको माग गर्दै १२ जना युवाहरुले गरेको आमरण प्रति ऐक्यबद्धता जनाउन पुगेका भट्टराईले बेरोजगारी समसया राज्यले सबैभन्दा पहिला समाधान गर्नुपर्ने बताएका हुन् । अनसनको आज छैठौँ दिन हो । उनले संविधानको मौलिक हकका रुपमा रहेको रोजगारीका लागि युवाहरु आमरण अनसन बस्नुपर्ने अवस्था आउनु दुःखको कुरा भएको बताए । ‘हाम्रा देशका युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने जुन नैसर्गिक अधिकार हो र अहिलेको यो संविधानले पनि यसलाई मौलिक हकको रुपमा स्थापीत गरिसकेको छ’ उनले भने ‘त्यसलाई कार्यान्वयन गराउनका लागि युवाहरुले अनसन गर्नुभएको छ, त्यो ऐतिहासिक महत्वको छ, राज्यले पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्छ ।’ नेपाली समाजकै मुख्य समस्या समाधानका लागि सरकारका बसेकाहरुको आँखा खोल्नका लागि अनसन महत्वपूर्ण रहेको उनले बताए । युवाहरु देशबाट पलायन भएर समस्या समाधान नहुने भएकोले यसको अन्त्यका लागि देशभित्रै रहेर राज्य सत्तालाई दबाब दिन जरुरी रहेको उनले बताए ।
अहिलेसम्म पनि अनसनलाई सत्तापक्षले गम्भिर रुपमा नलिएकोमा चिन्ता व्यक्त गर्दै डा भट्टराईले आमरण अनसन भनेको संघर्षको अन्तिम रुप भएकोले युवाहरुको जीवनसँग खेलबाड नगर्न सरकारसँग माग गरे ।
‘पचासौँ लाख युवाहरु रोजगारीको अभावमा बाध्य भएर विदेश जान परिराखेको अवस्था छ’ उनले भने ‘मेरो व्यक्तिगत ढंगबाट र संगठनको तर्फबाट विभिन्न ढंगले यो विषय सार्थक संवादमा पु¥याउने मरो प्रयत्न हुने छ ।’ अहिलेसम्म पनि अनसनलाई सत्तापक्षले गम्भिर रुपमा नलिएकोमा चिन्ता व्यक्त गर्दै डा भट्टराईले आमरण अनसन भनेको संघर्षको अन्तिम रुप भएकोले युवाहरुको जीवनसँग खेलबाड नगर्न सरकारसँग माग गरे । ‘त्यसैले म आग्रह गर्न चाहान्छु उहाँहरुको स्वास्थ्यमा कुनै प्रतिकुल असर पर्नुभन्दा पहिले नै आजै नै सार्थक बार्ता शुरु गरेर यसको समाधान खोजोस्’ उनले भने ‘उहाँहरुको ज्यानमा कुनै पनि प्रकारले खतरा उत्पन्न भयो भनेदेखि त्यो देशको निम्ति एउटा ठूलो कलंक हुने छ ।’ उनले आफू अभियानको साथमा रहेकोले सबै युवा साथीहरुलाई पनि धैर्यतापूर्वक र दुढतापूर्वक यो अभियानमा लाग्न अपिल गरे । सदनमा कुरा उठाउँछु : सापकोटा सांसद जनकराज सापकोटाले युवाहरुले देशको प्रमुख मुद्दा उठाएकोले यसलाई आफूले सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय समस्यालाई केन्द्रमा ल्याउन गरेको साहसप्रति उच्च प्रशंसा गर्दै उनले भोलिदेखि सुरु हुने सांसद् बैठकमा उठाएर समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताए । ‘सम्भवत भोलिको बैठकमा हाउसमा अन्य विषयमा छलफल हुन शुरु गरेपछि मैले यो विषयमा कुरा उठाउँछु,’ उनले भने, ‘जिम्मेवार निकायले यस विषयमा छिटोभन्दा छिटो सम्बोधन गर्नु जरुरी छ । ’ उनले नैतिक दबाब सुन्ने सरकार भयो भने सत्याग्रह काम लाग्छ नत्र समस्या हुने भएकोले युवाहरुका जायज माग सम्बोधन हुन ढिला भएको बताए । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले आन्दोलनप्रति समर्थन जनाउँदै राज्य गम्भिर हुन आग्रह गरे । रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानमार्फत योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनपर्ने, वेराजगार भत्ताको व्यवस्था गर्नपर्ने लगायतका माग राखेर १२ जना युवाहरु बुधबारदेखि काठमाण्डौको खुलामञ्चमा आमरण अनसनमा छन् । अभियानका संयोजक चन्द्र बहादुर थापा सागरको नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल, र महेश नेपाल, आमरण अनसनमा छन् । यसैबीच आमरण अनसनमा बसेका युवाहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । आठ जनालाई स्लाईन दिईएको छ भने भरत लामिछानेको स्वास्थ्य अवस्था कमजोर भएकोले एम्बुलेन्समार्फत विर अस्पत्ताल पु¥याईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाना खाएको कति समयपछि चिया पिउने ?
-
‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमा
-
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
-
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
-
चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण