बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

बिहीबार, ३२ असार २०८३, १२ : ०४
बिहीबार, ३२ असार २०८३

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने भएका छन् ।
  • छलफलमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुनेछ ।
  • बैठकमा महिला उद्यमी महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठ लगायतका पदाधिकारीहरू सहभागी हुनेछन् ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने भएका हुन् ।

बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने जनाइएको छ ।

​छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट  अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप