बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रकार भोम्जनको स्मृतिमा पुरस्कार स्थापना हुने

सोमबार, २० वैशाख २०७३, ११ : २३
सोमबार, २० वैशाख २०७३

धनगढी – गत वर्षको विनाशकारी भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार स्व सुमन भोम्जनको स्मृतिमा कैलालीमा ‘सुमन भोम्जन स्मृति खेलकुद पुरस्कार‘ स्थापना गर्ने घोषणा गरिएको छ ।

स्व भोम्जनको स्मृतिमा नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीद्वारा आइतबार यहाँ आयोजित शोकसभामा यो पुरस्कारको घोषणा गरिएको हो । मञ्चको कैलाली समन्वय शाखाले यो पुरस्कार हरेक वर्ष खेलकुदको क्षेत्रमा कमल चलाउने पत्रकार, खेलाडी प्रशिक्षक वा जुनसुकै खेलकुदसँग सम्बन्धित पदाधिकारीलाई प्रदान गरिने जनाएको छ ।

मकवानपुरका खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्षसमेत रही गोरखापत्र दैनिकमा आबद्ध भोम्जन गत वर्ष वैशाख १२ गतेदेखि सम्पर्कविहीन भएर वैशाख १९ गते मृत भेटिएका थिए । मञ्चका जिल्ला अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको शोकसभामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीका अध्यक्ष प्रकाश चन्द, हरि जोशीलगायतका पत्रकार, खेलाडी र खेलकुद कर्मचारी तथा पदाधिकारी स्व भोम्जनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप