७ सुब्बा र ३ खरिदारको काम एउटै कर्मचारीको भरमा !
बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङमा कर्मचारीहरुको पदपुर्ती हुन नसक्दा नायव सुब्वा पदमा कार्यरत गोरख बहादुर धामी एक्लैले ७ वटा फाँट सम्हाल्दै आएका छन् । कर्मचारी अभाव हुँदा धामीले ७ जना नायब सुब्बा र ३ जना खरिदारको काम एक्लैले गरिरहेका हुन् ।
लामो समयदेखि जिल्ला प्रशासन कार्यालयमा विभिन्न पदका कर्मचारीहरुको पदपुर्ती नहँुदा प्रशासन कार्यालयबाट हुने दैनिक कामकाज समेत प्रभावित भैरहेको छ । जिल्ला प्रशासन कार्यालयमा २०७२ साल पौष महिनादेखि ७ जना नायव सुब्बा, ३ जना खरिदार र लेखापाल पदमा कर्मचारीहरुको पदपुर्ति हुन नसक्दा १६ जना कर्मचारीले गर्नु पर्ने काम ५ जना कर्मचारीहरुले गर्नु परिरहेको नायब सुब्बा गोरखबहादुर धामीले बताए । खरिदारदेखि प्रमुख जिल्ला अधिकारी पद सम्मका १६ जनाको दरबन्दी रहेको यस कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी एक जना, सहायक प्रमुख जिल्ला अधिकारी एक जना, नायव सुब्बा एक जना, कम्युटर अप्रेटर एकजना र सहायक कम्युटर अप्रेटर एक जना गरि ५ जना कर्मचारी मात्र बहाल रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । कर्मचारी पदपुर्तिको लागि माथिल्लो निकायमा पटक–पटक पत्राचार गरिसकेको तर कुनै जवाफ नआएको प्रजिअ चौधरीले बताए । कर्मचारीको अभाव हुदा“ जिल्ला प्रशाशन कार्यलयको मात्र नभइ समग्र जिल्ला भरीका कार्यलयले दिने सेवा प्रभावित भएको उनको भनाई छ । ‘जिल्लाभरिका सबै कार्यालयको अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यलयको हो,’ प्रजिअ चौधरीले भने, ‘यहा“ आफ्नै कार्यालयको काम पनि समयमा सम्पादन गर्न सकिएका छैनन् । अरु कार्यालयको हेर्ने त फुर्सद नै छैन,’ कर्मचारी नहँुदा जिल्लाका समसामयिक समस्याहरु समाधान गर्ने, कार्यालयको अनुगमन गर्ने, बजार अनुगमन गर्ने, जिल्लाको शान्ति सुरक्षा कायम गर्ने जस्ता महत्वपुर्ण कामहरु प्रभावित हुने गरेको उनले बताए । ४ महिना अघि जिल्ला कारागारमा दरबन्दी भएका नायव सुब्बा राजबहादुर सार्कीले काजमा जिल्ला प्रशाशन कार्यलयमा काम गरिरहेकोमा उनी काज मिलाएर बादी समुदाय उत्थान विकास समितिमा सरुवा भएको, एक जना पोखरेल थरका नायव सुब्बा दुइ बर्षअघि देखि बझाङमा दरबन्दीमा खटाएकोमा काज मिलाएर अन्तै बसेको र एकदिन पनि जिल्ला नआएको, कार्यलयमा कार्यरत लेखा अधिकृत चन्द्रप्रशाद जोशीको जलश्रोत कार्यालय कैलालीमा सरुवा भएको नायव सुब्बा गोरख धामीले बताए । यस्तै जिल्ला प्रशासन कार्यालयका खरिदार मदन सिंह ठगुन्ना जिल्ला विकास समिति बैतडीमा र अर्का खरिदार देवराज जोशी जिल्ला हुलाक कार्यलयमा सरुवा भए पनि जिल्ला प्रशासन कार्यालय कर्मचारीबिहिन जस्तै बनेको हो । फाँट संचालन गर्नका लागी तोकिएको पदका कर्मचारी नहुदा कतिपय फांटको जिम्मा पुराना र अनुभवी कार्यलय सहयोगीहरुलाई समेत दिइएको छ । कामको चाप बढेका कारण स्थानिय शान्ती समिति र साल्ट ट्रेडिङका कर्मचारीहरुलाई समेत सहयोग माग्नु परेको जिल्ला प्रशाशन कार्यलयले जानकारी दिएको छ । अन्य कार्यालयका कर्मचारीहरु जिल्ला प्रशाशनको काममा खटिदा सम्बन्धीत कार्यलयको काम प्रभावित हुने गरेको स्वयं कर्मचारीहरुले बताउने गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण