बेगनास माछा महोत्सव सकियो
सोमबार, २० वैशाख २०७३, ११ : २६
पोखरा– ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ लेखनाथ नगरपालिकाको बेगनासतालस्थित मन्दरेपार्कमा सञ्चालित दोस्रो माछा महोत्सव ( बेगनास फिस फेस्टिबल) आइतबार सकिएको छ ।
शुक्रबारदेखि सञ्चालन भएको सो फेस्टिबलमा रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार भएको फेस्टिबल आयोजक मूल समारोह समितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिए ।
त्यस ठाउँमा रहेका दिपाङ, बेगनास र रुपाताल तथा कृषकले आफ्ना निजी पोखरीमा उत्पादन गरेका २३ थरीका माछाका परिकार दर्शकलाई खुवाइएको थियो । साथै तीनै जातका जीवित माछाको समेत प्रदर्शन गरिएको थियो ।
होटल तथा रेस्टुराँ एसोसियसन लेखनाथको आयोजनामा भएको सो फेस्टिबल ७० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । ती तालबाट करिब चार टनभन्दा बढी माछा बिक्री भएको बताइएको छ ।
यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्यले फेस्टिबल आयोजना गरिएको र यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ ।
महिला तथा पुरुष खुला डुङ्गा दौड, माछा तथा खानाका स्टल, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम फेस्टिबलमा सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण