बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

तीन विद्यार्थी तीन दिनदेखि बेपत्ता

सोमबार, २० वैशाख २०७३, ११ : २९
सोमबार, २० वैशाख २०७३
चितवन– पूर्वी चितवनका तीन जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् । कालिका नगरपालिका–६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ बेपत्ता भएको परिवारले जनाएका छन् । स्थानीय सिद्धी विनायक आवासीय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी विद्यालय जान भनी घरबाट हिँडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुबा विवेक लामिछानेले जानकारी दिए । शुक्रबार घरबाट केही रकमसमेत लिएर स्कुल जाने भन्दै गएका उनीहरुको खोजी कार्य भइरहेको भए पनि फेला पार्न नसकिएको परिवारजनले बताएका छन् । बेपत्ता विद्यार्थीको खोजतलास गरी पाऊँ भनी इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीमा निवेदन दर्ता गरेको विवेकले बताए । खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । बेपत्ता विद्यार्थीलाई देख्नु हुने वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरीले आग्रह गरेको छ । बेपत्ता हुनुका कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप