दुई वर्षभित्र लाप्राक नमुना बस्ती विकास गर्न एनआरएनलाई आग्रह
काठमाडौँ – राष्ट्रिय पुनः निर्माण प्राधिकरणले गोर्खा जिल्लाको लाप्राकमा ‘लाप्राक नमुना बस्ती’ विकास दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी काम अघि बढाउन गैरआवासीय नेपाली सङ्घलाई आग्रह गरेको छ । कार्यक्रम स्वीकृति सम्बन्धमा सङ्घलाई आज पत्राचार गरी प्राधिकरणले त्रिपक्षीय सम्झौता भएको एक महिनाभित्र गुरु योजना स्वीकृत गराई समयमै काम सम्पन्न हुने गरी बस्ती विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भनेको हो ।
यही वैशाख १२ गते लाप्राकमा नमुना बस्ती विकासका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र गैरआवासीय नेपाली सङ्घबीच त्रिपक्षीय सम्झौता भएको थियो । प्राधिकरणले लाप्राक गाविसका सबै लाभग्राहीलाई सङ्घबाट आवास अनुदान उपलब्ध गराइने हुँदा जिविसबाट प्राप्त सूचीअनुसार दोहोरो अनुदान नजाने गरी पुनः निर्माण कार्यअगाडि बढाउने कार्यमा निर्देशन दिन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई अनुरोध गरेको छ ।
प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार बस्तीका लागि खानेपानीको स्रोत पहिचान गरी आगामी आवको बजेट तथा कार्यक्रममा समावेश गर्ने गरी प्राधिकरणमा आउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई आग्रह गरिएको छ । जिल्लास्तरमा आवश्यक समन्वय गरी बस्ती विकास कार्यक्रम शीघ्रताका साथ अगाडि बढाउने व्यवस्थाका लागि प्राधिकरणको गोरखास्थित उपक्षेत्रीय कार्यालय र नमुना बस्तीमा विद्युतीकरणका लागि आवश्यक व्यवस्था मिलाउन ऊर्जा मन्त्रालयलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण