कनकमणि प्रकरणमा रविन्द्र मिश्रले तोडे मौनता
काठमाडौं– भ्रष्टचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साझा यातायातका अध्यक्ष कनकमणि दिक्षीत पक्राउ परेसँगै पत्रकार रविन्द्र मिश्रले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका मिश्र कनकमणि पक्राउसँगै मौन बसेको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको बेला सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । आफू भ्रष्टचारीलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा रहेको तर विधि र कानुनी प्रक्रिया राज्यका हरेक निकाय र नागरिकले पालना गर्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले कनकमणिलाई पक्राउ गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विधि र प्रक्रियाको पालना नगरेको तर्फ संकेत गरेका छन् ।
‘भ्रष्टाचार भयो भने, अरुको त कुरै छोडिदिउँ, म लगायत मेरो आफ्नै परिवारका सदस्यलाई समेत बाँकी राखिनु हुन्न भन्नेमा दृढ विश्वास गर्ने व्यक्ति हुँ’, उनले भनेका छन्, ‘ तर विधि र कानुनी प्रकृयाको हरेक निकाय र नागरिकले सम्मान गर्नै पर्छ।’
पेशागत सीमाका कारणले केहि नलेखेको र नबोलेको भन्दै राजनीतिक र संबैधानिक खाकाले भन्दा पनि भ्रष्टाचारको महारोगका कारण देश विकास हुन नसकेको उनको निश्कर्ष छ ।
मिश्रले फेसबुकमार्फत सार्वजनिक गरेको धारणा जस्ताको तस्तै कनकमणि दीक्षित प्रकरणबारे हालैका दिनहरूमा सामाजिक सञ्जालमा कनकमणि दीक्षितका बारेमा भैरहेको सार्वजनिक बहसमा मलाई ‘तपाईं किन मौन? तपाईंले उनको किन वचाउ गरेको?’ भन्ने प्रकृतिका प्रशस्त टिकाटिप्पणी भैरहेका छन्। केही अनलाइन पत्रिकाहरूमा सोही विषयलाई लिएर मेरो नाममा खुलापत्र नै लेखिएका छन्। मैले सो विषयलाई लिएर उनको विरोध या बचाउमा कहिँ कतै एक वाक्य पनि लेखेको छैन। मेरो पेशागत सीमाका कारणले लेख्नु उपयुक्त पनि हुँदैन। तर म राजनीतिक र संबैधानिक खाकाले भन्दा पनि भ्रष्टाचारको महारोगका कारण यो देशले विकास गर्न नसकेको हो, त्यसैकारणले गर्दा भ्रष्टाचार भयो भने, अरुको त कुरै छोडिदिउँ, म लगायत मेरो आफ्नै परिवारका सदस्यलाई समेत बाँकी राखिनु हुन्न भन्नेमा दृढ विश्वास गर्ने व्यक्ति हुँ। तर विधि र कानुनी प्रकृयाको हरेक निकाय र नागरिकले सम्मान गर्नै पर्छ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण