बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

व्यावसायिक भवन र संस्थानले महानगरको कर तिरेनन्

सोमबार, २० वैशाख २०७३, १२ : ४७
सोमबार, २० वैशाख २०७३

काठमाडौँ– पछिल्लो समय होटल करको दायरामा आए पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले महानगरपालिकालाई कर तिर्न अझै आलटाल गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाका अनुसार कर नतिरेको भन्दै कानुनी प्रक्रिया अघि बढाए पनि ठूला व्यावसायिक भवनले कर तिर्न मानिरहेका छैनन् ।

कामनपाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार सञ्चालनमा रहेको सार्वजनिक र व्यवसायी भवनमध्ये काठमाडौँ मल, काठमाडौँ विजनेस पार्क, काठमाडाँै प्लाजा, साझा भण्डार लिमिटेड, सांस्कृतिक संस्थान, दुग्ध विकास संस्थानले हालसम्म कुनै पनि कर तिरेका छैनन् ।

त्यस्तै सिटिसी मलले सबै कर तिरिसकेको छ भने पुष्पाञ्जलि हलले घरजग्गा र मनोरञ्जन कर बाँकी राखेको छ । नेसनल ट्रेडिङले तीन वर्षदेखि कर तिर्न बाँकी राखेको छ अल्फाबिटाले किस्ताबन्दीमा कर तिर्दै आएको छ र के एल टावर कुनै पनि कर नतिरेको कामपाले बताएको छ । त्यस्तै वल्ड टे«ड सेन्टरले बहाल कर तिरेको छ भने घरजग्गा घर तिरेको छैनन् ।

यसरी कर नतिर्ने व्यावसायिक र संस्थानको लागि कामपाले चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्ने बताएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप